Headlines News :
Home » » राहदानी बिग्रे निःशुल्क बन्ने

राहदानी बिग्रे निःशुल्क बन्ने

###
काठमाडौं-तयार भइसकेको राहदानीमा कुनै संशोधन गर्नुपरे राहदानी विभागले बिनादस्तुर नयाँ राहदानी जारी गर्ने भएको छ। हालै परराष्ट्र मन्त्रालयले संशोधन गरेको राहदानी नियमावली, २०७१ मा उक्त व्यवस्था गरिएको हो।



'निवेदकले राहदानी वा यात्रा अनुमतिपत्रका लागि दिएको निवेदन फारममा टाइपिङका क्रममा त्रुटिवश विवरण गलत लेखिन गएको वा कुनै विवरण लेख्न छुट हुन गएको कारणले तयार भइसकेको राहदानीमा कुनै संशोधन गर्नुपरे जारी भएको ६ महिनाभित्र आवश्यक कागजातसहित निवेदन गरे बिनादस्तुर नयाँ राहदानी जारी गर्न सकिनेछ,' राहदानी (पहिलो संशोधन) नियमावली, २०७१ को नियम २१ मा उल्लेख छ।
जारी भएको ६ महिनापछि सच्याउन गए नियमअनुसारको दस्तुर बुझाउनुपर्नेछ। साधारण सेवामार्फत राहदानी लिँदा सरकारलाई ५ हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ भने द्रुत सेवामार्फत लिँदा १० हजार रुपैयाँ।
यसअघि निवेदकको गल्तीका कारण राहदानीमा त्रुटि भए निवेदकले पुनः दस्तुर तिरी नयाँ राहदानीका लागि आवेदन दिनुपर्थ्यो भने राहदानी विभागको गल्ती कारण त्रुटि भएको अवस्थामा भने विभागले बिनाशुल्क नयाँ राहदानी जारी गर्दै आएको थियो।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar