Headlines News :
Home » » अमेरिका पलायन हुने कलाकारको लर्को, पुगेका फर्किएनन्

अमेरिका पलायन हुने कलाकारको लर्को, पुगेका फर्किएनन्

###
 प्रकाश लामिछाने, काठमाडौं ।

अमेरिका विश्वकै शक्तिशालि मुलुक हो । विश्वका अधिकांश मानिसको सपना आफ्नो राष्ट्रियता छोडेर अमेरिका भासिने हुन्छ । विश्व शक्ति राष्ट्रको रुपमा परिचित अमेरिकामा विश्वका विभिन्न मुलुकबाट लाखौं मानिस पुगिसकेका छन् । त्यस मध्ये केही हजार नेपालीहरु पनि अमेरिका पुगेका छन् ।

चाहे
   डीभी परेर होस् चाहे लुकेर छिपेर अथवा कुनै काम विशेष अमेरिका पुगेर उतै वेपत्ता भएर किन नहोस् नेपालीहरु अमेरिकामा बस्दै आएका छन् । अमेरिकामा कति नेपाली छन् भन्ने एकिन तथ्यांक नभेटिएपनि हाल अमेरिकामा ५ देखि ६ हजारको हाराहारीमा नेपालीहरु रहेको बुझ्न सकिन्छ । नेपालीहरुमा अमेरिकाको भूत धेरै छ त्यही भूतको कारण कति अमेरिका पुगिसकेका छन् भने कति योजनामा बून्दै छन् केही तयारीमा पनि छन् । यसरी विभिन्न माध्यमबाट अमेरिका पुग्नेमध्ये कलाकारहरु अग्रणी स्थानमा रहेका छन् ।

कलाकारिता भिषामा अमेरिका पुग्न अन्य भिषामा भन्दा सजिलो हुने भएकाले कलाकारहरु सजिलै अमेरिका पुगेका हुन् । जे जसरी अमेरिका पुगेपनि अमेरिका पुग्नेहरुको आफ्नै चुरीफुरी छ ।

कसरी पुगिन्छ अमेरिका?
 अमेरिका पुग्नु विश्वको धेरै मानिसको सपना हो । कुनैपनि देशको सामान्य नागरिक देखि धनाढ्या, विद्वान, कर्मचारी र नेतासम्म । तर सबैको सपना साकार हुँदैन । अमेरिका पुग्ने प्रमुख माध्यमहरु २–३ वटा छन् । त्यस मध्ये सबै भन्दा सजिलो माध्यम हो स्पोन्सर भिषा । अमेरिकामा आयोजना गरिने विभिन्न कार्यक्रमहरुको लागि भन्दै अमेरिकामा रहदै आएका आफ्न्त, साथि तथा नेपाली संस्था र समूहको स्पोन्सरमा नेपालका धेरै कलाकार, खेलाडीहरु अमेरिका पुग्ने गरेका छन् ।
त्यस बाहेक डीभी चिठ्ठा, विद्यार्थी भिषा र गैर कानूनी रुपमा दलाल मार्फत पनि नेपालीहरु अमेरिका छिर्ने गरेका छन् ।

 को–को छिरे अमेरिका ?
 अमेरिकामा ५ देखि ६ हजारको हाराहारीमा नेपालीहरु पुगिसकेको अमेरिकामा रहेका विभिन्न संघ संस्थाले बताउँदै आएका छन् । को–को कसरी अमेरिका पुगेका छन् त्यो सम्पूण जानकारी त नेपाल र अमेरिकाको आधिकारीक निकायलाई समेत छैन् । किनकि अमेरिका पुग्दै आएका अधिकांश नेपालीहरु गैह्र कानूनी रुपमा अमेरिका बस्दै आएका छन् । र धेरै नेपालीहरु दलाल मार्फत अमेरिका पुगेका छन् ।
अमेरिका पुगेकाहरु मध्ये विभिन्न माध्यम र लुकिछिपी अमेरिका बस्दै आएका कलाकारहरुमा नायक सरोज खनाल, गायक कर्ण दास, जगदीश समाल, विवेक श्रेष्ठ, सरीष्मा आमात्य, भगवान भण्डारी, बिमल डाँगी, नरेन्द्र प्यासी, रत्ना बराइली, गोपाल नेपाल ‘फिष्टे, मिन दर्लामी, प्रेमराजा महत, कमल खनाल, मिलन न्यौपाने, जयप्रकाश रिजाल, सारगां श्रेष्ठ, पुजा चन्द, राजु लामा लगायत छन् ।

छिरेपछि र्फकन जान्दैनन्
अमेरिका पुगेका मध्ये अधिकांश नेपालीहरु नेपाल फर्कने चाहाना राख्दैनन् तरपनी उनीहरुले हरेक पल नेपाल सम्झने गरेको भन्न भने छुटाउँदैनन् ।
अमेरिका पुगेका मध्ये अधिकांश नेपालीहरु अमेरिकामै बस्छन् । त्यहाँको ग्रीन कार्ड पाएपछि भने उनीहरु तीन महिनाको लागि टूरिष्ट भिषामा नेपाल आउने गरेका छन् । अमेरिका भासिएका कलाकारहरु मध्ये अभिनेत्री गौरी मल्ल, करिश्मा मानन्धर, मौसमी मल्ल, रमेश उप्रेतिलगायतका मात्र नेपाल फर्किएका छन् भने नयक सरोज खनाल पनि नेपाल फर्कने तयारीमा रहेका छन् । अन्य कलाकारहरुको नेपाल फर्कने चाहाना खासै रहेको बुझिदैन ।

नेपालको स्वाभिमान भन्दा डलर प्यारो
 नेपालमा रहँदा स्टेज कार्यक्रमहरुमा राष्ट्रियताको चर्को नारा फ्लाक्ने कलाकारहरु अमेरिका पुगेपनि अमेरिकी ग्रीन कार्ड पाउनुलाई गर्व ठान्ने गरेका छन् । अमेरिकामा तल्लो स्तरका काम गर्न उनिहरु बाध्य भएका छन् । कतिपयले त घरको सरसफाइ गर्नसमेत थालेको बुझिएको छ । उनीहरुलाई नेपाली राष्ट्रियता भन्दा अमेरिकी राष्ट्रियता प्यारो हुने गरेको पाइन्छ । यद्यपी अमेरिकामा हुने गरेको नेपाली कार्यक्रममा भने त्यहाँ भएकाहरुको सहानुभूति बटुल्न उनीहरुले हातमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिताको नारा फलाक्न छाडेका छैनन् ।

अमेरिका बस्न, नानाभाती बाहाना
विभिन्न माध्यमबाट अमेरिका पुग्ने नेपालीहरु अमेरिका बस्न अथवा त्यहाँका ग्रीन कार्ड प्राप्त गर्न द्धन्द्ध पीडित तथा विस्थापितको बहाना बनाउँछन् । अमेरिकाको ग्रीन कार्ड लिएर आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न उनीहरु आफ्नो राष्ट्रियताको समेत ख्याल गर्दैनन् । नेपालमा शान्ति प्रक्रिया पुरा भइसकेपनि अमेरिका पुगेकाहरुले आफ्नो मूलकमा भएको द्धन्द्धको कारण आफू बिस्तापित भएर अमेरिका पलाएन भएको बताउँदै आएका छन् ।

करिव तीन वर्ष अघि अमेरिका पुगेका चर्चित गायक भगवान भण्डारीले ग्रीन कार्ड हातपार्न आफूलाई माओवादीले विस्तापित गरेको बताएको विभिन्न अनलाइन र पत्रिकाहरुमा समाचार छापिएका थिए । उनी मात्र होईन अमेरिका पुगेका धेरै नेपालीहरुले द्धन्द्ध पीडित र विस्तापित भएको बयान दिँदै आएका छन् । तर नेपालमा औपचारीक रुपमा द्धन्द्धको अन्त्य भएको ८ वर्ष पुरा भइसकेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar