Headlines News :
Home » , » गीतमा यस्तो छ ट्राफिक जवानको कारुणीक पिडा(भिडियोसहित)

गीतमा यस्तो छ ट्राफिक जवानको कारुणीक पिडा(भिडियोसहित)

###
काठमाडौं, आश्विन २५ । सडक व्यस्त । गाडी आफ्नै रफ्तारमा गुडिरहेका छन् । हो यही सडकमा एउटा ट्राफिक प्रहरी दिन विताउँछ । पसिना बगाउँछ । धुलो–धुँवाले स्वास्थ्य विगार्छ । अन्ततः त्यही ट्राफिक जवान आफ्नै डेरामा रात विताउन पुग्दाको कारुणीक र मार्मिक कथा एउटा भिडियो मार्फत सार्वजनिक भएको छ ।
‘सार’ एल्बममा समेटिएको रुपकुमार राईको गीत ‘पठाइ दिनु है आमा गुन्द्रक–किनेमा’ बोलको गीतले नेपाली ट्राफिक जवानको व्याथा समेटेको छ । भुपाल राईको शब्द रहेको गीतले दिनभर सडकमा खटिएको ट्राफिक प्रहरीको दैनिक जीवनलाई भिडियो मार्फत दुरुस्त रुपमा प्रस्तुत गरेको छ ।
सुरज श्रेष्ठको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोमा मौलिकता देख्न पाइन्छ । राई जातीको परिकार ‘किनेमा’ले राम्रैसँग प्रचार हुने मौका पाएको छ ।अमृत सुनुवारले छायाङ्कन गरेको भिडीयोमा ट्राफिक जवानले आमाको स्नेह र प्रेमीकाको माया पनि उसैगरी सम्झिएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar