Headlines News :
Home » » विदेशमा बस्नेका लागि नेपालमा लगानीका बाटाहरु

विदेशमा बस्नेका लागि नेपालमा लगानीका बाटाहरु

###
हरेक महिना देशमा अर्बौ रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । सरकारले रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ भनेर गर्व त गर्छ तर त्यो पैसा कहाँ गैरहेको र केमा खर्च भैरहेको छ भनेर न त खोज्ने नै गरेको छ न त सरोकार नै राख्ने गरेको छ । देशमा भित्रिरहेको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सक्ने हो भने देशले काँचुली त फेर्ने नै थियो हरेक दिन रोजगारीको नीम्ति विदेश भासिने युवाको संख्यामा पनि कमी आउने थियो । विदेशबाट आईरहेको रेमिट्यान्स बिलासितामै सकिने गरेको छ । गाँउहरू खाली हुँदैछन । सबै मानिस शहर केन्द्रित हुँदैछन् । बिदेश जाने प्रायः युवाको सपना सकेसम्म शहरमा सानो घडेरी किनेर घर ठड्याउने नै हुन्छ । गाँउ रित्तिँदै गए पछि खेत ,बारी बाँझो हुँदैछन् । नेपाल अलैचीमा बाहेक अरु कुनै पनि खाद्य बस्तुमा आत्मनिर्भर छैन ।आफ्नो देशमा उत्पादन नभए पछि रेमिट्यान्सको ठूलो हिस्सा खाद्य वस्तु आयात गर्नमा बाहिरिन्छ ।  



 बिदेशमा रहेको युवाहरुले पनि सोच्ने बेला भएको छ । अझै कतिन्जेल अर्काको देशको लागि तातो रगत र पसिना बगाईरहने ? बिदेशमा बस्दा बस्दै पनि कुन-कुन सेक्टरमा लगानी गर्न सक्छौँ त यस तर्फ पनि ध्यान दिन् जरुरी छ । विदेश बस्दा बस्दै पनि लगानी गर्न सक्ने केही सेक्टरहरू छन् जस्तै बिदेश् प्राय सामान्य ५ या १० वर्ष बस्छौ नै यसरी बस्दा १० या १५ वर्षको जिवन विमा गर्न सक्छौँ । जिवन विमा गर्दा डवल फाईदा हुन्छ् । आफुले कमाएको केही रकम भए पनि जम्मा हुँदै जान्छ । विदेशमा बस्दा अंगभंग भएमा या मृत्यु नै भएमा परिवारले विमा रकम पाउने हुँदा परिवारलाई जिवनयापन गर्न सहज पनि हुनेछ ।



 हामीले सेयर बजारमा पनि लगानी गर्न सक्छौँ । सेयर बजार भनेको थोरै पैसा भएका व्यक्तिलाई पनि धेरै नाफा कमाउने र ठुलो कम्पनीमा लगानी गर्ने बातावरण बनाउने संयन्त्र हो अर्थात सेयर बजारमा सूचीकृत गरिएका कम्पनीमा लगानी गरेर सानो पुँजीको लगानीकर्ता ठुलो कम्पनीको अंशियार बन्न पुग्छ । लगानीकर्ता आँफैले लगानी गरेर कमाएको रमकबाट मुस्किलले १० देखि १५ प्रतिशत नाफा कमाउन गाह्रो हुन्छ तर नाफामुलक कम्पनीमा लगानी गरेको छ भने त्यसबाट २५ देखि ५० प्रतिशतसम्म पनि प्रतिफल पाउन सक्ने संभावना हुन्छ तर नेपालको सेयर बजार ठूला लगानीकर्ताको हात भएको हुँदा लगानी गर्दा सचेत चाहि पक्कै हुनु पर्छ । नेपाल सरकारले बर्षेनी करोडौको बचतपत्र निष्काशन गर्ने गर्छ । दिर्घकालीन लगानी गर्नेले बचतपत्र किन्न सकिन्छ किनकी बैंकले भन्दा बचतपत्र किन्दा ब्याज बढि पाउन सकिन्छ ।


   बिदेशबाट केही रकम कमाएर फर्के पछि हामीले आफ्नै गाऊ ठाँउमा कुन(कुन क्षेत्रमा लगानी गर्न सक्छौ भनेर अध्ययन गरेर एकल तथा सामुहिक रुपमा लगानी गर्न सक्छौ । अहिलेको स्थितिमा कृषि , पर्यटन क्षेत्रमा लगानी गर्न उपयुक्त देखिन्छ । आधुनिक तरिकाले खेती गर्न सके कृषिमा क्रान्ति गर्न सकिन्छ । नेपालको जस्तो हिमाली चिसो हावामा गरिएको अर्गानिक खेती विश्व बजारमा माग अधिक छ जस्तै अहिले नेपाली कफीको माग निकै छ । हामीले कुन ठाउँमा कुन खेती गर्दा उपयुक्त हुन्छ भनेर अनुसन्धान गरेर आधुनिक खेती गरे देशमा कृषि क्रान्ति ल्याउन सकिन्छ तर यसको लागि देशमा स्थिर सरकार र कृषि नीतिमा आमुल परिवर्तन गरेर सरकार नै किसान मैत्री हुन जरुरी छ ।  
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar