|
###
|
काठमाडौं, कार्तिक १० । दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो ।घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्यो भन्नेबारे विस्तृतमा खुलेको छैन ।
|
##
|

0 comments:
...