### |
काठमाडौं-अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत नेपाली मूलका चिकित्सक डा. कुमुद धितालले मृत्यु भइसकेका व्यक्तिको 'मृत' (चल्न छाडिसकेको) मुटु झिकेर त्यसमा प्राण भरी पुनः अर्का बिरामीको शरीरमा सफल प्रत्यारोपण गरेका छन्।
सेन्ट भिन्सेन्टको मुटु तथा फोक्सो प्रत्यारोपण युनिटमा कार्यरत डा. धिताल नेतृत्वको टोलीले शुक्रबार मुटु प्रत्यारोपणमा नयाँ उपलब्धि घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
चिकित्सा विज्ञानमै 'अद्भुत' र 'उत्साहजनक' भनिएको यो प्रत्यारोपणले डा. धिताललाई अन्तर्राष्ट्रिय ख्याति दिलाएको छ। यसअघि मस्तिष्कले काम गर्न छाडेको (ब्रेन डेथ) व्यक्तिको मुटु मात्र अर्कोमा प्रत्यारोपण हुने गरेको थियो। यस्तोमा मुटुको धड्कन बाँकी नै हुन्थ्यो।
डा. धिताल नेतृत्वको टोलीले गरेको शल्यक्रिया यसभन्दा एक कदम अगाडि छ। उनको टोलीले झन्डै २० मिनेटसम्म धड्कन बन्द भइसकेको मुटु झिकेर त्यसलाई मेसिनमा हाली रगत, अक्सिजन तथा अन्य पोषक तत्व दिएर पुनः सञ्चालनमा ल्यायो। प्राण भरिएको त्यही मुटु अर्का बिरामीको शरीरमा मेल खान्छ कि खाँदैन जाँचेर प्रत्यारोपण गरिएको बेलायतबाट प्रकाशित पत्रिका 'द गार्जियन'मा उल्लेख छ।
हालसम्म यो विधिबाट तीन जनामा मुटु प्रत्यारोपण गरिएको छ जसमध्ये दुई जना पूर्ण स्वस्थ छन् भने अर्का एकको उपचार जारी छ।
सेन्ट भिन्सेन्टस्थित मुटु तथा फोक्सो प्रत्यारोपण विभागका निर्देशक पिटर म्याकडोनाल्डले यो विधिअन्तर्गत दातामुटुलाई मेसिनमा राखेर प्रत्यारोपण गर्न मिल्छ कि मिल्दैन, जाँच गरिएको बताएका छन्। 'यसलाई 'हार्ट इन अ बक्स' भनिन्छ,' म्याकडोनाल्डलाई उद्धृत गर्दै द गार्जियनले लेखेको छ, 'हामी धड्किन छाडेको मुटुले कति समयपछिसम्म काम गर्न सक्छ भन्ने अनुसन्धान गरिरहेका छौं।'
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले यसलाई 'चिकित्सा विज्ञानमै ठूलो उपलब्धि' बताएका छन्।
'अहिलेसम्म ब्रेन डेथ भएका व्यक्तिको मुटु मात्र प्रत्यारोपण सम्भव थियो,' उनले आइतबार नागरिकसँग भने, 'यसपालि भने प्राकृतिक रूपमै मृत्यु भइसकेका व्यक्तिको मुटु झिकेर उपयुक्त छ कि छैन जाँची बिरामीमा प्रत्यारोपण गरिएको छ। यो ठूलो उपलब्धि हो।' मस्तिष्क पाँच मिनेटभित्र बिग्रने भए पनि मुटु चल्न छाडेको केही समय नबिग्रने उनले बताए।
डा. कोइरालाका अनुसार यो विधिको सुरुआतले मुटु प्रत्यारोपणमा रहेको जोखिम कम हुने आशा जगाएको छ। बिरामीको शरीरसँग मुटु मेल खान्छ कि खाँदैन जाँचेर मात्र प्रत्यारोपण गर्न सकिने भएपछि जोखिम दर कम हुने उनले बताए।
डा. धितालले अस्ट्रेलियाबाट प्रसारण हुने एबिसी रेडियोसँगको अन्तर्वार्तामा चल्न छाडिसकेको मुटुलाई २० मिनेटभित्र झोल पदार्थमा राखेर सुरक्षित गर्नुपर्ने बताएका छन्। उनका अनुसार उक्त मुटुमा अक्सिजनलगायत पोषक तत्व दिएर पुनः सञ्चालनमा ल्याइन्छ।
'यसरी सञ्चालन भएको मुटुले राम्रो र सही ढंगले काम गरिरहेको छ कि छैन हेर्छौं अनि मात्र बिरामीमा प्रत्यारोपण गर्छौं,' उनले भने। उनका अनुसार यसअघि कलेजो र फोक्सोको मात्र यसरी प्रत्यारोपण गर्ने गरिएको थियो।
अनुसन्धान टोलीले यो सफलताबाट मुटु उपचारको ढाँचामै परिवर्तन आउने र अंगदाताको संख्या बढ्ने बताएको छ। मुटु प्रत्यारोपण गर्न आवश्यक देखिएकामध्ये ३० प्रतिशत बिरामीको जीवन जोगाउन सकिने टोलीको दाबी छ।
करिब दुई महिनाअघि डा. धितालको नेतृत्वमा ५७ वर्षीया मिसेल ग्रिबिलासको सफलतापूर्वक मुटु प्रत्यारोपण गरिएको थियो। मिसेलले यसबाट आफ्नो जीवनमा ठूलो रूपान्तरण महसुस गरेको सञ्चारमाध्यमलाई बताएकी छन्। 'म धेरै बिरामी थिएँ,' उनले गार्जियनसँग भनेकी छन्, 'अहिले मुटु प्रत्यारोपणपछि फरक व्यक्ति बन्न पुगेकी छु। म आफूलाई ४० वर्षकी अनुभव गर्दै छु।'
दुई साताअघि मुुटु प्रत्यारोपणपछि अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका ४३ वर्षीय जान डमेनले भने, 'मलाई अचम्मको अनुभूति भइरहेछ। वास्तविक दुनियाँमा फर्किएर आउने क्षणको प्रतीक्षामा छु।'
गोरखा, खरिबोटमा पुर्ख्यौली घर भएका डा. धिताल सानैदेखि विदेशमा रहे। बेलायतमा समेत मुटु प्रत्यारोपणमा ख्याति कमाएका उनी साढे ५ वर्षअघि अस्ट्रेलिया गएका हुन्। 'बेलायतमा पनि नाम चलेका हर्ट सर्जन हुनुहुन्थ्यो,' चिकित्सक डा. सरोज धितालले नागरिकसँग भने, 'उत्तर अफ्रिकाका विभिन्न देश गएर पनि मुटु प्रत्यारोपण गर्नुभएको थियो।'
उनका अनुसार डा. कुमुदका पिता विष्णुप्रसाद धिताल सरकारी सेवामा थिए। उनले धेरै वर्ष इटालीको रोममा काम गरेको डा. सरोजले बताए।

## |
0 comments:
...