Headlines News :
Home » » पानी खान खोज्दा गोली खाए’

पानी खान खोज्दा गोली खाए’

###
बारा,असोज २७ – एकाबिहानै पोखरीमा माछालाई दाना हालेर थकित भई घर फर्केका हरिहरपुर ७ का जयनारायण पटेलले हतारहतार नुहाएर खाना खाए । त्यतिखेर ३ किमि उत्तर महादेवस्थानमा शनिबार प्रहरी र प्रदर्शनकारीको झडप भइरहेको थियो । गाउँले आन्दोलनमा जान भन्दै तम्तयार थिए । त्यसमै सामेल हुन उनी पनि भतिज नवलकिशोरसँगै पुगे ।

काका–भतिज महादेवस्थानमा सँगसँगै झडप हेर्न थाले । हतारिँदै आइपुगेका पटेललाई तिर्खा लागेछ । भतिज नवललाई भन्दै पानी खान ह्यान्डपाइप भएतिर लागे । नवल भन्छन्, ‘काका पानी खान लम्किँदै गर्दा छेउमै पार्किङ गरेको ट्याक्टरको चक्का मुनि बसेर सशस्त्र जवानले गोली ताक्ने निसाना मिलाउँदै थिए । पानी खान नपाउँदै प्रहरीले दनादन गोली चलाए । ह्यान्डपाइपपट्टि फर्केका काकाको छातीमा गोली लाग्यो र ढल्नुभो । पानीको सट्टा गोली खानुपर्‍यो ।’ उतिखेर झडप सामान्य बनाउन प्रदर्शनकारी र प्रहरीबीच केही परबाट दोहोरो संवाद भइरहेको थियो । जवानले निसाना मिलाउन बसेको ठाउँ र धारोबीचको दूरी झन्डै ३० मिटर छ ।


प्रत्यक्षदर्शी रामप्रसाद पटेल भन्छन्,‘गोली हान्ने प्रहरी आवेशमा र उत्तेजित थिए,‘त्यसैले संयमता अपनाउन सकेनन् ।’ मृतकका ५ छोरी, ८ वर्षीय छोरा र श्रीमती मञ्जुदेवी छन् । सामान्य खेतीपाती गरी जीवनयापन गर्दै आएका पटेलले छोराको छ महिनादेखि काठमाडौं वीर अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा आइतबार काठमाडौं जाने तयारीमा थिए ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar