Headlines News :
Home » » नेपाली नेताहरुको हत्या हुनसक्ने सूचना भारत सरकारले नेपाल सरकारलाई दियो

नेपाली नेताहरुको हत्या हुनसक्ने सूचना भारत सरकारले नेपाल सरकारलाई दियो

###
विमान अपहरण र दूतावास अधिकृतको हत्या सम्भावना पनि उत्तिकै
काठमाडौं,असोज २७ – भारत सरकारले आतंककारीद्वारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुनसक्ने कुरा उल्लेख छ । १८ दिनअघि अर्थात् २४ सेप्टेम्बर २०१४ मा एक गोप्य तथा औपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशिल सूचना दिएको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिक आफ्नो खबरको अगाडि लेख्छ –भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्रमन्त्रालय मार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने खुलाइएको छैन । तर अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ । सूचनामा अत्यन्तै सुरक्षा खतरा रहेका नेता को को हुन् भन्ने उल्लेख नगरी ‘प्रोमिनेन्ट नेपाली पोलिटिसिययन्स’ भन्ने वाक्यांश प्रयोग गरिएको छ । ratopati bat
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar