Headlines News :
Home » » यौनबर्धक भियग्रा मुटुरोगको पनि औषधि

यौनबर्धक भियग्रा मुटुरोगको पनि औषधि

###
यौनबर्धक औषधि भियग्राको सेवनले यौन क्षमताको वृद्धि मात्र होइन मुटुको रोग भएका पुरुषहरुका लागि समेत लाभ पूराउने एक अध्ययनले देखाएको छ ।
भियग्रामा हुने तत्वले सरीरमा रक्तसंचारलाई नियमित गर्ने तथा रक्तप्रवाह बढाउने भएकाले त्यसले मुटुरोगीलाई फाइदा पूराउँछ ।
भियग्रामा हुने विशेष रसायनले रगत पम्प गर्ने मुटुको भित्ता अनावश्यक रुपमा बाक्लो तथा कडा हुने समस्या -भेन्टि्रकुलर हाइपरट्रोफी) रोक्ने र त्यसले उच्च रक्तचाप तथा हृदयाघात जस्ता जोखिम कम हुने शोधकर्ताहरु बताउँछन् ।
इटालीको रोममा रहेको सापिन्जा विश्वविद्यालयका शोधकर्ता डाक्टर एन्ड्री इसिडोरीको टोलीले गरेको अनुसन्धानबाट यस्तो तथ्य पत्ता लागेको हो । उनका अनुसार भियग्रामा हुने यस्तो तत्वका कारण यो यौनबर्धक मात्र नभै मुटुरोगको प्रभावकारी तथा सुरक्षित उपचारको औषधि समेत बन्न सक्छ ।
प्रारम्भिक अध्ययनबाट भियग्राको यस्तो प्रभाव देखिएको हुँदा यसलाई चिकित्सा विज्ञानमा पुष्टि गर्नका लागि ठूलो स्तरमा चिकित्सकीय प्रयोग हुनुपर्ने शोधकर्ताहरुको भनाइ छ ।
भियग्रामा इन्जाइम निरोधक तत्व हुन्छ जसले मांशपेशीका तन्तुहरुलाई रिल्याक्स्ड बनाउँछ जसले रक्तप्रवाह बढाउने तथा शिघ्रस्खलन तथा उत्तेजनाहीनता कम गर्छ ।
१६ सय २२ जना बिरामीमा गरिएको अनुसन्धानबाट भियग्रामा हुने पीडीइ फाइभ आइ नाम दिइएको उक्त तत्वले भेन्टि्रकुलर हाइपरट्रोफीका बिरामीहरुको मुटुको आकारमा वृद्धि हुने तथा आकार परिवर्तन हुनबाट रोक्ने गरेको पाइएको छ । साथै यो तत्वले रक्तचाप सन्तुलनमा राख्ने र मुटुसम्बन्धि अन्य समस्या समेत कम गर्ने गरेको समेत खुलासा भएको छ ।
भियग्राले मुटुरोगीमा पूराउने फाइदा सम्बन्धि रिपोर्ट बिएमसी मेडिसिन जर्नलमा छापिएकेा छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar