Headlines News :
Home » » शान्तिका लागि 'सेक्स हडताल'

शान्तिका लागि 'सेक्स हडताल'

###
अफ्रिकी देश दक्षिण सुडानमा चलिरहेको संघर्ष रोक्न महिला कार्यकर्ताले अनौठो बाटो रोजेका छन्। यी महिलाले देशमा शान्ति व्यवस्था कायम नभएसम्म पतिलाई यौनसम्बन्ध राख्न नदिने बताएका छन्। महिला कार्यकर्ताले देशका सबै महिलालाई यस सेक्स हडतालमा सहभागी हुन अपिल गरेका छन्। यस्तो गरेमा पुरुषले हिंसा त्याग्ने उनीहरूको भनाइ छ।

 'सुडान ट्रिब्युन' मा प्रकाशित खबरअनुसार दक्षिण सुडानको राजधानी जुबामा महिला कार्यकर्ताको बैठकमा यस किसिमको हडतालको विचार आएको थियो। यस बैठकमा देशका कैयन् सांसदसमेत ९० भन्दा बढी महिला सहभागी थिए।

दक्षिण सुडानको सरकारले सन् २०१३ को डिसेम्बरदेखि विद्रोहीसँग लडाइँ गरिरहेको छ। गृहयुद्धका कारण हजारौं मानिस छिमेकी देशमा शरण लिन बाध्य भएका छन्। सेक्स हडताल सुरु गरेकोमा धेरैलाई अचम्म लागेको छ तर यो कुनै नयाँ हडताल भने होइन।

सन् २००३ मा लाइबेरियाका महिलाहरूले पनि यस्तै किसिमको हडताल गरेका थिए। हडतालपछि नै १४ वर्षदेखि चलिरहेको गृहयुद्ध समाप्त भएको पनि दाबी महिला कार्यकर्ताको छ। लाइबेरियामा सेक्स हडतालको नेतृत्व गर्ने लेयमाह गबोवीलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।


देशमा शान्ति व्यवस्था कायम नभएसम्म दक्षिण सुडानका महिला कार्यकर्ताले पतिलाई यौनसम्बन्ध राख्न नदिने हडताल सुरु गरेका छन्। उनीहरूले देशका सबै महिलालाई सेक्स हडतालमा सहभागी हुन अपिल गरेका छन्। दक्षिण सुडानमा लामो समयदेखि द्वन्द्व चर्किरहेको छ।

यसैबीच जिम्बाबेमा पनि सेक्स हडताल भएको छ। जिम्बाबेको एक विश्वविद्यालयका विद्यार्थीले विश्वविद्यालयको हाताभित्र नै किस गर्ने तथा सार्वजनिक स्थलमै यौन सम्पर्क गर्न नपाइने गरी निर्माण गरिएको आचारसंहिताको त्यहाँका विद्यार्थीले विरोध गरेका छन्।

जिम्बाबेको एक प्रमुख सरकारी विश्वविद्यालयले हालै मात्र सो नियम बनाएको थियो। विद्यार्थीहरूको साझा संगठनले यस्तो आचारसंहिता बनाई विश्वविद्यालयका कर्मचारीले समेत शासन गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएको जनाएको छ।

विश्वविद्यालय प्रशासनले कुनै विद्यार्थीले यस्तो कार्य गरेमा कारबाही हुने चेतावनी दिएको छ। सो सूचनामा भनिएको छ, 'क्याम्पस हाताभित्र निकै नजिक रहेको व्यवहार देखाउने, किस गर्ने तथा यौनसम्पर्कसमेत गर्नेजस्ता कार्य दण्डनीय हुनेछन्।'

यसका साथै सो विश्वविद्यालय क्याम्पसका आवासीय विद्यार्थीलाई आफ्नो छात्रवासमा विपरीत लिंगी साथीहरू पनि ल्याउन नपाइने सो नियममा जनाइएको छ। त्यसैगरी साँझको अथवा अँध्यारोको समयमा क्याम्पस हातामा केटा र केटी सँगसँगै हिँडडुल गर्नसमेत नपाइने बताइएको छ। -एजेन्सी 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar