|
###
|
काठमाडौं,कात्तिक १३ – कर्मचारी सञ्चय कोषले बक्यौता भाडा तथा एक वर्षको भाडा जमानत पेस नगरेको भन्दै सुन्धारामा रहेको काठमाडौं मललाई खाली गर्न निर्देशन दिएको छ । कोषले भवनको करार सम्झौता गरेका प्रविण शम्सेर राणा तथा मलमा व्यवसाय गरिरहेका व्यवासायीका नाममा सूचना प्रकाशित गरी भवन खाली गर्न निर्देशन दिएको हो ।कोषले यसअघि पटकपटक सूचना प्रकाशित गरी मलको बाँकी बक्यौता तथा एक वर्ष बराबरको भाडा रकम जमानत पेस गर्न निर्देशन दिएको थियो । तर करार सम्झौता गरेका राणाले कोषको निर्देशन वेवास्ता गर्दै बक्यौता तथा जमानत रकम नबुझाएपछि कोषले भवन खाली गर्न निर्देशन दिएको हो । कोष र राणाबीच २०६२ भदौ १ गते भवन भाडामा लिने सम्बन्धमा करार सम्झौता भएको थियो ।
सूचना प्रकाशित भएको मिति अर्थात् बुधबारदेखि करार सम्झौता औपचारिक रुपमा भंग भएकाले करार सम्झौताको दफा १० बमोजिम एक महिनाभित्र सो अबधिसम्मको भाडा चुक्ता गर्न कोषले राणालाई निर्देशन दिएको छ । कोषले मल भएको पूरै भवन खाली गराई पूर्ववत तरिकाले कोषलाई हस्तान्तरण गर्न पनि राणालाई निर्देशन दिएको छ । आजको आर्थिक दैनिकमा खबर छ ।
|
##
|

0 comments:
...