Headlines News :
Home » » सामसङ मोबाइल सस्तियो

सामसङ मोबाइल सस्तियो

###
काठमाडौं-सामसङले भारतमा केहि स्मार्टफोनको मूल्यमा कटौती गरेको छ। उसले ग्यालेक्सी एस नेक्स्ट, ग्यालेक्सी स्टार एडभान्स, ग्यालेक्सी ग्य्रान्ड नियो, ग्यालेक्सी एस थि्र नियो र ग्यालेक्सी नोट ३ नियोको मूल्य घटाएको हो । भारतका लागि सामसङको अफिसियल वेवसाइटमा सामसङको ५ वटा उत्पादनमा मूल्य घटाएको हो।

७ हजार ४ सय भारतीय रुपैयाँ (भारु) रहेको एस नेक्स्टलाई ६ हजार ६ सय २० रुपैयाँमा उपलब्ध हुने जनाइएको छ। जुलाईमा मात्र ७ हजार ४ सय मूल्य रहेको सामसुङले जनाएको थियो। ७ हजार ४ सय नै मूल्य रहेको ग्यालेक्सी स्टार एडभान्सलाई ६ हजार ७ सय ९० मा झारिएको छ। त्यस्तै ग्राण्ड नियोलाई १७ हजार १ सयबाट घटाएर १३ हजार ६ सय ६८ रुपैयाँ बनाइएको छ। यो भारतमा सार्वजनिक हुँदा १८ हजार ४ सय ५० मूल्य रहेको थियो।
ग्यालेक्सी एस थ्रीको मूल्यमा ५ हजार २ सय ९० रुपैयाँ घटाइएको छ। २६ हजार २ सय मूल्य रहेको एस थ्रीलाई अब भारतमा २० हजार ९ सय १० मा झारिएको छ। ग्यालेक्सी नोट थ्रीलाई भारतमा सार्वजनिक गर्दा ३३ हजार ९ सय ९० थियो। त्यसलाई गत अगस्टमा घटाएर २९ हजार ५ सय ७० मा झारिएको थियो। यो मूल्यलाई पनि घटाएर २४ हजार ३ सय ७८ कायम गरिएको छ।
एक हप्ताअगाडि मात्र सामसङले ग्यालेक्सी एस फाइभ र यसको फोरजी संस्करणको मूल्य घटाएको थियो। गत हप्ता ४३ हजार २ सय ५० रुपैयाँबाट ५ हजार ७ सय ५० रुपैयाँ घटाउँदै ३७ हजार ५ सय मूल्य कायम गरिएको छ।
भारतमा मूल्य घटेपछि नेपालमा पनि घट्ने सम्भावना रहेको नेपालको लागि सामसङको आधिकारिक बिक्रेता इन्टरग्रेड मोबिलिटी सोलुसन (आइएमएस)ले जनाएको छ। आइएमएसका प्रेसिडेन्ट दिकेश मल्होत्राले हरेक देशमा केहि न केहि प्रवर्द्धनात्मक रुपमा मूल्य थपघट हुने बताए। इलेक्ट्रोनिक सामानको मूल्य घटिरहेको हुन्छ, सोहि अनुसार मोबाइलको पनि घट्छ,' उनले भने, हामीले भारतको मूल्य भन्दा सस्तो होस् भन्ने चाहन्छौं, त्यसैले कुनै अफर र योजना लिएर ग्राहककोमा पुग्छौं।'
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar