Headlines News :
Home » » बसबाट हाम फाल्दा एकजनाको ज्यान गयो

बसबाट हाम फाल्दा एकजनाको ज्यान गयो

###
महेन्द्रनगर, असोज १५ – कञ्चनपुरको महेन्द्रनगरबाट कैलालीको धनगढीका लागि छुटेको बसबाट खसेर एक जनाको ज्यान गएको छ ।
बुधबार म १ ख ४२९ नम्बरको बसबाट खसेका कृष्णपुर–२ वाणीका ४५ वर्षका गम्भीर कार्कीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारकालागि अस्पताल लैजाँदै गर्दा बाटो नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।
ढोकामा झुण्डिएर यात्रा गर्ने क्रममा कार्की अचानक खस्नु भएको थियो । तर बस आबद्ध समिति पवनदुत यातायातले कार्की आँफै बसबाट हाम फालेको दाबी गरेको छ । बस र चालकलाई प्रहरीले पक्रेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar