### |
काठमाडौं, असोज २४ - ललितपुरमा प्रदर्शन भइरहेको चित्रकला प्रदर्शनी षटकोणमा दर्शकहरुको चासो बढेकोे छ । दिनहुँ नै अवलोकनकर्ताहरुले प्रदर्शनमा राखेको चित्रकलाबारे सोध्ने गरेको चित्रकार सरिता डंगोलले बताउनुभएको छ ।
अहिलेसम्ममा ३ हजार जनाले प्रदर्शनी हरेको डंगोलले बताउनुभयो । ६ जना महिला चित्रकारहरु सरीता डंगोल, जस्मीन राजभण्डारी, शौरगंगा दर्शनधारी, शुष्मा शाक्य, सत्यशिला कसजु र सुमित्रा राणाको षटकोण चित्रकला प्रदर्शनीमा ३० वटा चित्र राखिएका छन् ।
इचिङ्ग माध्यम समेत समावेश गरिएको प्रदर्शनीका चित्रकलाहरुको मुख्य विषयवस्तु धार्मिक पक्ष नै भए पनि प्रत्येक चित्रले फरक फरक भाव र प्रस्तुति समेटेको छ ।
शुरुमा मंगलबजारको पाटन संग्राहालयमा भएको प्रर्दशनी अहिले पुल्चोकको क्लासिक ग्यालरीमा भइरहेको छ । प्रदर्शनीमा २२ हजार देखि १ लाख ३० हजारसम्मको मूल्य राखिएको क्लासिक ग्यालरीले जनाएको छ । भदौ ३० गतेदेखि चलेकोे प्रर्दशनी आँउदो असोज २९ गतेसम्म चल्नेछ ।

## |
0 comments:
...