Headlines News :
Home » » रिचार्ज कार्डमा ठगी

रिचार्ज कार्डमा ठगी

###
जाजरकोट-यहाँका उपभोक्ता रिचार्ज कार्ड खरिदमा ठगिएको खुलासा भएको छ। जिल्लाका विभिन्न ठाउँमा रहेका रिजार्च कार्ड बिक्री केन्द्रमा तोकिएको मूल्यभन्दा रु १० देखि ३० सम्म नाफा लिएर उपभोक्तालाई दैनिक ठगिरहेको पाइएको छ।

रु ५० पर्ने नमस्तेको रिचार्ज कार्डलाई रु ५५ देखि ६० सम्म लिएर बिक्री गरिरहेको पाइएको छ भने रु २०० पर्ने स्काइ रिचार्ज कार्डलाई रु २१० देखि २३० सम्म लिने गरेको पाइएको छ।
यसरी दैनिक एउटा रिचार्ज कार्डबाट रु १० देखि ३० सम्म ठगी गरी बिक्री गर्दा पनि सम्बन्धित निकाय मौन भएर बसेको पाइएको छ।
दुर्गम क्षेत्रमा रहेका रिचार्ज कार्ड बिक्री पसलमा मात्र होइन सदरमुकामका अधिकांश पसलमा पनि यसरी खुलेयाम ठगी भइरहेको उपभोक्ता बताउँछन्। कतिपय उपभोक्तालाई रिचार्ज कार्डको वास्तविक मूल्य कति हो भनेर जानकारी नै नभएको कारण पनि यसरी ठगी गर्न सजिलो भएको हो।
कतियय त ठगिएको थाहा पाएर पनि रिचार्ज कार्ड किन्नैका लागि सदरमुकाममा जानुभन्दा बढी पैसा तिरेर भएपनि रिचार्ज गर्नुपर्ने बाध्यता भएको डाँडागाउँका रुद्र खत्रीले बताए।
यता नेपाल टेलिकम जाजरकोट शाखाले भने चर्को शुल्क लिएर उपभोक्तालाई ठगेको जानकारी नभएको बताएको छ। रासस
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar