|
###
|
म्याग्दी,असोज १८ - म्याग्दीको पिप्ले–९ मौवाफाँटमा दुई दाजुभाइको बिचमा आपसी झगडा हुँदा दाजुको ज्यान गएको छ । बडादसैं मनाउने क्रममा शुक्रबार राती एकै घरका दुई दाजुभाइबीच भएको विवादमा भाइले प्रहार गरेको धारिलो हतियार लागेर दाजुको ज्यान गएको हो ।
दाजुभाइबिच गए राति १२ बजे विवाद भए पछि १८ वर्षीय भाइ शुरेस खोरजाले प्रहार गरेको धारिलो हतियार लागेर २० वर्षीय दाइ कुमार खोरजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सदरमुकामदेखि २
घण्टा हिड्नु पर्ने घटनास्थलमा अनुसन्धानको लागि राती नै प्रहरी पुगेको र हत्याका आरोपित शुरेस फरार रहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक जनार्दन जिसीले जानाकारी दिनु भएको छ ।
पात्लेखेत नेपाने घर भई ७ वर्षदेखि खेती किसानीका लागि मौवाफाँटमा बस्दै आएका महेन्द्र खोरजाका दुई छोरा कुमार र शुरेस बेनीको हाँडेभिरमा आफन्तकोमा टिका लगाई घर फर्कने क्रममा पिप्लेमा रक्सी खाएको र ससुराली घरमा समयमा नपुगेपछि कुमारका ससुराले सुरेशलाई गाली गर्दा आपसमा विवाद सुरु भएको प्रहरीले जनाएको छ ।
आफ्नो ससुरा र भाइबीच विवाद भएपछि मृतक कुमारले भाइलाई सम्झाइ घर लगेको र राती सुताउने प्रयास गर्दा सुरेशले कुमारलाई लखेट्दै धान खेतमा हतियार प्रहार गरेको घटनास्थलको अनुसन्धानबाट देखिएको म्याग्दी प्रहरीले जनाएको छ ।
प्रनाउ जिसीका अनुसार हत्या आरोपी सुरेशको खोजी भइरहेको र मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बेनी ल्याइएको छ ।

##
|

0 comments:
...