### |
कलैया ( बारा ), कात्तिक ५ गते । बाराको अमलेखगंज गाविसको हाकिम पुल नजिकै बुधवार विहान ८ः४५ बजेको समयमा सवारी दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने, दुई दर्जन घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई पुरुष र तिन जना महिला रहेको मध्यमान्चल क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक उमेश रंञ्जितकारले जानकारी दिनुभयो । गम्भीर घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल विरगंज, हेटौडा अस्पताल र भरतपुरमा उपचार भइरहेको छ । घटनास्थलमै मृत्यु भएको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइते १८ जना मध्ये १५ जनालाई हेटौडाबाट थप उपचारको लागि भरतपुर पठाइएको तथा ६ जनालाई वीरगंजको नारायणीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । वीरगंजमा घाइतेहुनेहरु मध्ये मकवानपुर पमदपोखरी गाविस १ बस्ने बर्ष ४० का सजन सान्ताङ्ग गम्भिर रहेको तथा चुरियामाई गाविस १ बस्ने दिनेश सान्ताङ्ग, बाराको खुटवाप्रसौनी १ बस्ने अमृत साह, अमलेगंज गाविस ८ का मुर्ली बिक, सलार्ही जिल्लाका पदमबाबु, भारत बिहार राज्य रक्सौल इस्लामपुर बस्ने नसरुदिन नट र सोही ठाउँ अहिरवा टोलका अशोक पटेल समान्य घाइते रहेको अस्पताल प्रहरी बिट नारायणीले जनाएको छ ।
ना ४ ख १५४४ नम्बरको बस वीरगंजबाट काठकाण्डौ जादै गरेको अवस्थामा, ना ३ ख ६२८५ नम्बर ट्रकले ना २ ख ८७११ नम्बरको टयाङ्ककरलाई ओभरटेक गर्दा बसमा ठोक्किदा सो दुर्घटना भएको ट्राफिक प्रहरी उपरिक्षक उमेश रंञ्जितकारले बताउनुभयो ।
अमेलखगंजको घटनास्थलमा उद्धारकार्य जारी रहेको तथा वन वे बाटो खुल्ला रहेको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

## |
0 comments:
...