|
###
|
काठमाडौं : हालै दक्षिण कोरियामा आयोजना भएको सत्रौं एसियाली खेलकुदमा तोडफोड गरेको आरोपमा नेपालले तीन हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ। प्रतियोगिताका बेला ढोकाको लक बिगारेको र मार्बल फुटाएको आरोपमा नेपालले जरिवाना तिर्नुपरेको सेभ द मिसन छिमी उर्केन गुरुङले अन्नपूर्णलाई बताए। उनले 'ड्यामेज चार्ज'का रूपमा उक्त जरिवाना तिर्नुपरेको स्वीकार गर्दै तोडफोड गर्ने खेलाडीका बारेमा अनुसन्धान भइरहेको बताए।|
##
|

0 comments:
...