Headlines News :
Home » » इजरायली राजदूत यरोन मेयर तथा काउन्सिलर एहोनाथन लेबेलबाट वडा दशैको टिका तथा आशिर्वाद ग्रहण

इजरायली राजदूत यरोन मेयर तथा काउन्सिलर एहोनाथन लेबेलबाट वडा दशैको टिका तथा आशिर्वाद ग्रहण

###

नेपाली नेपालीविचमा भइरहेको भाइचाराको सम्वन्धमा जात र धर्मको पर्खालकाविच चलिरहेको वाकयुद्दले सम्पूर्ण नेपालीहरुको महान पर्व वडा दशैलाई कुनै पार्टी या संस्थाको अधिवेशन जस्तै अनुभुती गराइरहेका वेला विश्वमै एक मात्र यहुदी धर्म राष्ट्र इजरायलको राष्ट्रिय प्रतिनिधीको रुपमा रहेका नेपालकालागि इजरायली राजदूत यरोन मेयरज्यु र इजरायली राजदूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख एहोनाथन लेबेलज्युले वडा दशैको पावन अवसरमा टिका तथा आशिर्वाद ग्रहण गर्नुभएको छ ।

इजरायली राजदूतावासको संयोजनमा इजरायल सरकारको परराष्ट्र मन्त्रालय अन्तरगतको मशाभ एजेन्सीमा अन्तराष्ट्रिय सम्मेलन तथा विभिन्न किसिमका तालिमहरुको क्रममा इजरायल आएर फर्केका नेपालीहरु लगायत विभिन्न क्षेत्रहरुमा कार्यरत इजरायलका नेपाली साथीहरु सम्मेलित संस्था शलों क्लवका सदस्य रहेका शिव अधिकारीको निमन्त्रणामा महामहिम यरोन मेयर र काउन्सिलर एहोनाथन लेबेलज्यु अधिकारीको घरमा गइ टिका ग्रहण गर्नुभएको थियो ।

इजरायलीहरुको निराहार व्रत वस्ने दिन योम किपुरजस्तो चाडको वेला पनि अधिकारीको निमन्त्रणालाई स्वीकार गरी सम्पूर्ण नेपालीहरु जो अहिले तेरो र मेरोको भुमरीमा रुमल्लीरहेका छन् उनीहरुलाई सकारात्मक सन्देश प्रवाह गर्दै गैर हिन्दुधर्मालम्वी महामहिम मेयर र काउन्सिलर लेवेलले वडा दशैको टिका ग्रहण गर्नु सम्पूर्ण नेपालीजनमा एउटा उदाहरणिय कार्य बनेको छ । इजरायली राजदूतावास लाजिम्पाटले आफ्नो आधिकारीक फेसवूक पेज मार्फत नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा निमन्त्रणा गरेकोमा शलोम क्लव सदस्य शिव अधिकारीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar