###
![]() |

नहरमा महिला बेपत्ता लगत्तै उनको खोजी गरेपनि नहरमा पानी सुकाउन समय लागेको र नहरको विभिन्न स्थानमा राखेको तार जालीबाट नै छिरेर बगेकाले शव निकाल्न ढिलाई भएको प्रहरीले जनाएको छ। देवीघाट विद्युत उत्पादन केन्द्रमा ल्याएको पानीको नहर खुल्ला हुदा हरेक वर्ष दुर्घटनाको सङ्ख्या बढ्दै गएको छ।
गत वर्षमात्र एक बालकसहित चार जनाको सोही नहरमा डुबेर ज्यान गएको थियो भने दर्जन बढी पशु-चौपाया मरेका थिए। घटनामा ज्यान गुमाएपनि प्राधिकरणले क्षतिपूर्ति तथा सहयोग केही नदिने गरेको पीडित परिवारको गुनासो छ।
यता, ओखरपौवा गाविस वडा नं. १ की ४० वर्षिया तीर्थमाया तामाङले पनि आफ्नै घरको भर्याङमा डोरीको पासो लगाएर आत्महत्या गरेको शर्माले बताए। ओखरपौवासंग सिमाना जोडिएको ककनी गाविस-६ का ११ वर्षीय बालक अतिथी तामाङले ओखरपौवा गाविस वडा नं. ३ की आनन्दीमाया तामाङको घरमा पाहुना लाग्न गएका वेला कुकुर बाध्ने चेन घांटीमा झुण्याएर शनिवार अपरान्ह आत्महत्या गरेको प्रहरी निरीक्षक शर्माले बताए।
##
![]() |
0 comments:
...