Headlines News :
Home » , » सगरमाथा आधार शिबिर पुगेर पाँच बर्षका वालकले राखे कीर्तिमान

सगरमाथा आधार शिबिर पुगेर पाँच बर्षका वालकले राखे कीर्तिमान

###
काठमाडौं, कार्तिक २ ।  भारतका पाँच वर्षिय आरोही हर्षित सौमित्रले लुक्लादेखि कालापत्थर चुचुरो र सगरमाथा आधार शिबिरको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेका छन्  ।
आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी पाँच वर्षिय सौमित्रले गत असोज ३१ गतेका दिन कालापत्थरमा भारतको झण्डा फहराएर सबैभन्दा कम उमेरको आरोहीको रुपमा कीर्तिमान कायम गरेको जानकारी दिइयो । कार्यक्रममा नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले कान्छो आरोही हर्षितलाई सम्मान गरे ।
दुई वर्षअघि भारतकै एक जल सैनिक अधिकृतका सात वर्षिय छोरा आर्यन बालाजीले सगरमाथा आधार शिबिर र कालापत्थरको सफल आरोहण गरी सबैभन्दा कान्छो आरोहीको रुपमा विश्व कीर्तिमान कायम गरेका थिए ।
हर्षितका बुबा एवं आरोहण गुरु राजीव सौमित्रका अनुसार हर्षितले साढे २ वर्षको उमेरदेखि नै आरोहणसम्बन्धी तालिम लिन शुरु गरेका हुन् ।

कार्यक्रममा कमजोर वर्गका बालबालिकाहरुको खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न उद्देश्यले खोलिएको हर्षित फाउन्डेसनको उद्घाटन पनि गरियो । उक्त फाउन्डेसनको सुरुवात आरोहणका सहयोगी टेण्डी शेर्पाका बुबा काजी शेर्पाको आँखाको शल्यक्रियाबाट गर्ने जानकारी पनि दिइयो ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar