### |
काठमाडौं, कात्तिक २ - एसियाली खेलकुदमा भाग लिन कोरिया जाँदा उतै लुकेका ४ जना खेलाडीलाई १० वर्षको प्रतिबन्ध लगाइने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले गठन गरेको १७ औं एशियाली खेलकुद प्रतियोगिता कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले उतै भागि राष्ट्रको वेइज्जत गरेको भन्दै भागेका खेलाडीहरुलाई खेलकुद सम्वन्धी सम्पूर्ण क्रियाकलापबाट वञ्चित गर्दै १० बर्षसम्म प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
भागेका खेलाडीहरुको प्रशिक्षक र ब्यवस्थापकहरुलाई निलम्बन गरि १ बर्षसम्म बैदेशिक खेलकुद गतिविधीमा कार्य गर्न नपाउने गरि १ बर्षको निलम्बन गर्ने र विभागीय कारवाहीका लागि राष्ट्रिय खेलकुद परिषदलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
एथलेटिक्सका तिलकराम थारु, उसुका सोमवीर तामाङ र निराजन आले मगर तथा सेपाकताक्रोको अमन पोडे टोलीसँगै नेपाल नफर्कि उतै वेपत्ता भएका थिए । यस्तै खेलाडी भागेका राष्ट्रिय संघहरुसंग स्पष्टिकरण माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले १७ औं एशियाली खेलकुदको अध्यन अनुसन्धानका क्रममा आएका प्रतिवेदन र व्यवस्थापिका संसद महिला, बालबालिका तथा जेष्ठ नागरिक समिति अन्तर्गत खेलकुद उपसमितिको प्रतिवेदनलाई आधार बनाई खेलकुद पुनःसंरचनाका लागि कार्य योजना बनाउने र खेलकुदमा देखिएको विवाद, कमी कमजोरी, समस्या हल गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई पहल गर्न पत्राचार गर्ने निर्णय पनि गरेको कार्य सम्पादन समिति सचिव चुडामणी पौडेलले जानकारी दिनुभयो ।

## |
0 comments:
...