Headlines News :
Home » , » बेलायतको दलदले हिलोमा नेपाली सेनाको उत्कृष्ट प्रदर्शन

बेलायतको दलदले हिलोमा नेपाली सेनाको उत्कृष्ट प्रदर्शन

###
काठमाडौं, कात्तिक १४– बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा भएको क्यामब्रियन गस्ती प्रतियोगितामा नेपाली सेनाको टोलीले पहिलोपटक भाग लिएको छ । १८ देशका १ सय १९ सैनिक टिम सहभागी प्रतियोगितामा नेपाली सेनाको टोलीले राम्रो प्रदर्शन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सैनिक टिमले युद्धकौशलताको सहि रुपमा प्रदर्शन गरी निर्धारित समय भन्दा १२ घण्टा अगावै (३६ घण्टा भित्र) उक्त कठिन गस्ती पुरा गरेको थियो ।
क्यामब्रियन गस्तीमा सहभागी भएर फर्किएको टिमलाई प्रधानसेनापति महारथी गौरव शम्शेर ज.ब.रा.ले बधाई एवं पुरस्कार प्रदान गर्नुभएको छ ।  पेशागत प्रतियोगिता २०७० अभ्यास कुरुक्षेत्रमा प्रथम हुन सफल पशुपति प्रसाद गण  प्रतियोगितामा छनौट भएको थियो ।  उक्त गणका सहसेनानी प्रल्हाद घलेको नेतृत्वमा गएको असोज १७ गते बेलायत गएको ८ जनाको टिम कात्तिक ९ गते नेपाल फर्केको हो । गस्तीमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाली सेनाको टिमले सिल्भर मेडल जितेको छ ।
५५ वर्षअघि बेलायती सेनाको टेरिटोरियल आर्मीले सुरु गरेको क्यामब्रियन पट्रोलमा दलदले हिलो भएको भूमिमा ४८ घण्टा भित्र ८० किलोमिटर क्षेत्रको गस्ती गर्नुपर्दछ । जसमा अब्जेटिभ रेकी, रेकी रिपोर्ट राईटिङ्ग, लिङ्कअप अपरेशन, केमिकल बायोलोजिकल रेडियोलोजिकल न्युक्लियर (सि.वि.आर.एन.) टेष्ट, रोड क्रसिङ्ग, डमी पोष्ट रेकी, माईन क्लियरेन्स एण्ड कम्ब्याट लाईफ सेभर, रिभर क्रसिङ्ग आदी अभ्यासहरु समावेश गरिएको हुन्छ ।
संसारकै सेनाहरुको लागि अत्यन्त कठिन तथा चुनौतिपूर्ण मानिएको प्रतिस्पर्धात्मक गस्तीमा पाएको सफलतासंगै नेपाली सेनाले गर्दै आएको तालिम–नीति तथा गतिविधीहरु अब्बल रहेको पुष्टी भएको सेनाले जनाएको छ ।  यस्ता प्रकारका अन्तर्राष्ट्रिय स्तरको सैनिक अभ्यासमा भाग लिने कामबाट नेपाली सेना र अन्य देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
तस्विर सौजन्य: नेपाली सेना




##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar