### |
काठमाडौं: सरकारले 'उच्च जोखिम' का पुलहरूमध्ये चौबीसवटाको पुनर्निर्माण गरेको छ। मुलुकभरका २१ वटा राजमार्गका एक हजार सात सय नौवटा पुलमध्ये ९६ वटा सबैभन्दा बढी जोखिमको सूचीमा परेका थिए। यस्ता पुलमा कुनै पनि बेला दुर्घटना हुन सक्ने निष्कर्षसहित तत्कालै मर्मतस भारको आवश्यकता औंल्याइएको थियो।
सडक विभाग पुल आयोजनाका प्रमुख उमेश झाका अनुसार सबैभन्दा खराबको सूचीमा परेका पुलहरूमध्ये २४ वटाको मर्मत सम्पन्न भएको हो। बाँकी ५७ वटाको सर्भे गरेर डिजाइन बनाउने काम भइरहेको तथा १५ वटाको सर्भे गर्ने काम भइरहेको आयोजनाले जनाएको छ।
उपत्यकामा अति जोखिमको सूचीमा रहेका ११ पुलमध्ये चारवटाको मर्मत स भार स पन्न भएको छ। आयोजनाका अनुसार काठमाडौंस्थित त्रिभुवन राजपथअन्तर्गत विष्णुमती, सुविधानगरस्थित वागमती, रिङरोडको धोवीखोला र चावहिल-साँखु सडकखण्डको वागमती खोलामाथि रहेको पुलको मर्मतस भार स पन्न भएको छ।
अरनिको राजमार्गमा पर्ने धोवीखोला पुल, रिङरोडमा पर्ने मनोहरा खोला पुल, जडिबुटी-सल्लाघारीको हनुमन्ते खोला, खसीबजार-तीनथानाको तीनथाना, ग्वार्को-गोदावरीको गोदावरी, ठिमी-मनोहराको कर्मानासा र सातदोबाटो-टीकाभैरव सडक खण्डको नल्लु खोलामाथि रहेको पुलको मर्मतस भार बाँकी छ। 'मर्मत स भार गर्न बाँकी रहेका पुलको पनि डिजाइन तयार पारेर ठेक्का लगाउने प्रक्रियामा छ', आयोजना प्रमुख झाले भने।
सरकारले पूर्वपश्चिम राजमार्गमा पर्ने १० वटा पुलको पनि मर्मतस भार स पन्न गरेको छ। यसमा मोरङको बुढी र बाराका उनसी, वनगण्डी, एक न बर र अमलेखगन्ज-२, नवलपरासीका अरुण खोला तथा झरही खोलामाथिको पुल पनि सुधार गरिएको छ। बाँकेको सुखर, सुनसरीको टेग्रा र कपिलवस्तुको बाणगंगा खोलामाथिको पुल पनि गत आर्थिक वर्षको अन्त्यमा सुधार गरिएको थियो।
झाकाअनुसार धनकुट्टाको तमोर नदी, डँडेलधुराको कोराइल र डोटीको कलगढ नदीमाथिको पुलको पनि सुधार गरिएको छ। त्यसैगरी तनहुँको त्रिशूली नदी, दैलेख जिल्लाको लोहरे खोला, सिन्धुपाल्चोकका चाकु खोला र सुनकोसी, इलामको माईखोला र नुवाकोटको वेत्रावती खोलामाथिको पुललाई सुधार गरेर क तीमा ४० वर्षस म काम लाग्ने बनाइएको छ।
उच्च जोखिमका पुलहरूमध्ये दाङको एक, कैलालीको तीन, महोत्तरीको११, सर्लाहीका तीन, मकवानपुरका तीन, झापाको चार, सिरहाको एक, रूपन्देहीको एकवटा पुललाई सुधार गर्न बाँकी छ। आयोजनाले काठमाडौंको तीनकुने -थापाथली सडक खण्डको सुविधानगरस्थित वागमती र बबरमहलको धोवीखोला पुललाई नेपाली कलाकृति र संस्कृति झल्किनेगरी बनाउने निर्णय गरेको छ।
'सडक फराकिलो भएपछि ती दुवै पुल साँघुरा भएका छन्। ती दुवै पुलको समानान्तर हुने गरी दायाँ र बायाँ चौडा पारेर विशेष कलाकृति र संस्कृति झल्कने गरी निर्माण गर्न लागेका छौं', आयोजना प्रमुख झाले भने, 'यसै वर्ष काम थाल्छौं।' आयोजनाका अनुसार यस आर्थिक वर्षमा उच्च जोखिममा रहेका थप ४० वटा तथा बाँकी ३२ वटा पुलको मर्मतस भार आगामी वर्षमा स पन्न गरिनेछ।
आयोजनाका पूर्वप्रमुख कृत्यानन्द झाका अनुसार विश्व बैंकको सहयोगमा गत २०१२ मा सञ्चालनमा आएको पाँचवर्षे पुल स्तरीकरण तथा मर्मत कार्यक्रमअन्तर्गत मर्मतसम्भारको काम गरिएको हो। यसका लागि विश्व बैंकले कुल लागतको ४० प्रतिशत र ६० प्रतिशत रकम नेपाल सरकारले बेहोर्ने स झौता छ।
## |
0 comments:
...