Headlines News :
Home » » स्वस्थ रहनकालागि सुखी जीवन

स्वस्थ रहनकालागि सुखी जीवन

###
स्वस्थ रहनकालागि सुखी जीवन
डा. प्रकाशराज रेग्मी एम.डी
जीवन सुखी भएन भने कुनै व्यक्ति स्वस्थ्य रहन सक्दैन । पूर्ण स्वस्थताका लागि शारीरिक स्वास्थ्यका साथै जीवनमा सुखको अनुभूतिसमेत हुनु अत्यावश्यक छ । यसकारण प्रत्येक व्यक्ति स्वस्थ रहनका लागि सुखी बन्न सिक्नुपर्छ । सुख र दुःख भन्ने कुरा भावना र संवेदनासँग गाँसिएको कुरा हो । जीवनको वस्तविक क्ष्यनै सुखको प्राप्ति हो ।जीवनशैली परिवर्तनको प्रथम कदम जीवनलाई सुखी बनाउने बारेको चिन्तनबाटै सुरु गरिनुपर्छ । धेरै मानिसले आफ्नो जीवनलाई आफंैले जटिल र रोगी बनाएका छन् । जीवन बिताउने कला र पद्धति नजानेर धेरै मानिस रोगी भएका छन् । धेरै रोगहरु मान्छेको सोचाइबाट आएका छन् । सोचाइ र आत्मबल कमजोर भयो भने रोगले सजिलै आक्रमण गर्न सक्छ । आत्मबल बलियो छ भने त्यस व्यक्तिलाई सानोतिनो रोगले छुन सक्दैन, साथै रोग लागिहाले पनि रोगलाई नियन्त्रणमा ल्याउन सजिलो पर्छ । यसकारण शरीर स्वस्थ राख्न आत्मबल बलियो हुनुपर्छ । आत्मबलका साथै शारीरिक शक्ति र ऊर्जा पनि बलियो बनाउन सक्नुपर्छ । उच्च आत्मबल, बलियो शक्तिशाली शरीर र प्रशस्त ऊर्जा भएको व्यक्तिबाट रोग पनि पराजित हुन्छ । यसकारण निरोगी रहन आत्मबल बढाउनुपर्छ, शरीरलाई बलियो बनाउनुपर्छ, साथै शरीरमा प्रशस्त ऊर्जा सञ्चालित गराइराख्नुपर्छ । यसो भएमा व्यक्तिलाई स्वस्थ रहन सहयोग पुग्छ ।
सुखबारे सबैका आ–आफ्नै धारणाहरु छन् । यहाँ सुखलाई स्वास्थ्यसँग जोड्न खोजिएको छ । स्वस्थ जीवनका लागि सुख प्राप्ति अपरिहार्य छ । सुख वस्तुगत नभई मनोगत कुरा भएको हुनाले यसलाई बुझ्न र प्राप्त गर्न आँखा चिम्लिएर भित्री मनले प्रयत्न गर्नुपर्छ । भित्री मनको आँखा खुलेपछि मात्र वास्तविक रुपमा मानिसमा परिवर्तन आउन सक्छ । जीवनलाई सुखी बनाउन, जीवनशैली स्वस्थ बनाउन सबैभन्दा पहिले सोचाइमा परिवर्तन आउनुपर्छ । मन रोगी भयो भने शरीर रोगी हुन्छ । मन स्वस्थ छ भने शरीर पनि स्वस्थ बन्न सक्छ । यसकारण सर्वप्रथम मनलाई निरोगी राख्ने प्रयत्न गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने कुनै औषधि वा इन्जेक्सन छैन । चक्की खाएर वा सुई लगाएर जीवनशैली परिवर्तन हुँदैन । यसका लागि आफैंले प्रयास गर्नुपर्छ । भित्रैदेखि म यस कार्यमा लाग्छु, यो मेरै लागि हो, प्रयास गरेँ भने म सफल हुन्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता कसैले भित्री मनदेखि नै महसुस गर्दैन भने उसले जीवनशैली परिवर्तन गर्ने प्रयास नगरे पनि हुन्छ । भित्री चाहना बलियो र आवश्यकताको बोधसहित भयो भने मात्र प्रयास सफल हुन सक्छ । जीवनशैली परिवर्तन सुखी र स्वस्थ जीवन प्राप्त गर्नका लागि हो । स्वस्थ रहनका लागि जीवनलाई कसरी सुखमयी बनाउने भन्ने बारेका केही अवधारणाहरु यहाँ प्रस्तुत गरिएका छन् ः
१. जीवन आफ्नो लागि हो : आज धेरै मानिसहरु आफ्नो लागि नभई अरुका लागि बाँचिरहेका छन् । जीवन वास्तवमा आफ्नो लागि हो, अरुका लागि होइन । कर्म आफ्नो सुखका लागि गर्ने हो, अर्काका लागि होइन । हामीले धेरै कार्यहरु इच्छा नहुँदा नहँुदै पनि जबर्जस्ती अरुका डरले वा करकापले गरिरहेका छौँ । हामी अरुका पछि–पछि दौडिरहेका छौँ । एक पल्ट गहिरिएर सोचौँ अनि आफ्नो भित्री मनले चाहेअनुसारको जीवन बाँचाँै, त्यसैअनुरुपको कर्म गरौँ, आफ्नो सुखका लागि गरौँ । जीवनलाई आपूm अनुकूल बनाउनेतर्फ लागाँै । जीवन आफ्नै बाटोमा खोलाको पानीझैँ विना कुनै रोकटोक सलल बग्छ । जीवन प्राकृतिक छ, यसकारण यो प्राकृतिक रुपमा नै अगाडि बढ्नुपर्छ । जब जीवनको प्राकृतिक गतिलाई रोक्न वा मोड्न खोजिन्छ तब रोग र विकृति उत्पन्न हुन्छ, जीवनको अर्थ नै बिग्रिन्छ । यसकारण जीवनलाई आफ्नै प्राकृतिक बाटोमा, आपूmले इच्छाएको बाटोमा बग्न दिनुपर्छ ।

२. भित्री शक्तिलाई जगाऊ :सुख शतप्रतिशत मनोगत कुरा हो । यो एक प्रतिशत पनि वस्तुगत होइन । मान्छे अत्यन्तै शक्तिशाली प्राणी हो । मान्छेको मन र मस्तिष्कभित्र अपार शक्ति लुकेको हुन्छ । मनले जे सोच्यो त्यस्तै हुन्छ । राम्रो सोचे राम्रो, नराम्रो सोचे नराम्रो हुन्छ । पूmलको आँखामा पूmलै संसार काँडाको आँखामा काँडै संसार– वास्तवमा सुख–दुःख मनकै उपज हुन् । मनभित्र लुकेर बसेको अपार शक्तिलाई केन्द्रीकृत र दिशा निर्दिष्ट पार्नुपर्छ । जस्तै– सूर्यको किरणलाई लेन्स ग्लासमार्फत लग्यो भने यसले आगो बाल्न सक्छ, तर यत्तिकै सूर्यको किरणबाट आगो बल्दैन । हाम्रो मनको शक्ति पनि सूर्यको किरणजस्तै हो । हाम्रो दिमागको एक प्रतिशत पनि हामीले दैनिक जीवनमा उपभोग गरेका हुँदैनौँ । भित्री शक्तिलाई जगाउन सक्यो भने जीवन उज्ज्वल बन्छ, सुखी बन्छ, स्वस्थ बन्छ । सकारात्मक चिन्तन, ध्यान आदिको अभ्यासबाट भित्री शक्ति जगाउन सकिन्छ ।

३. जीवनलाई अर्थपूर्ण बनाऊ: आपूmले चाहेको बाटोमा जीवनलाई डो¥याउँदा आपूmलाई सजिलो अनुभव हुनुपर्छ, कुनै पश्चात्ताप र हीनताबोध हुनु हँुदैन । यसकारण जीवनमा गरिएका कर्म सत्कर्म हुनुपर्छ, अर्थपूर्ण हुनुपर्छ । असल, मानवीय, समाज उपयोगी कार्यहरुबाट जीवन श्रेष्ठ बन्छ, अर्थपूर्ण बन्छ । अर्थपूर्ण बाँचिएको जीवनले सुख र सन्तुष्टि प्रदान गर्छ । कर्मको हिसाबले जीवन अर्थपूर्ण वा अर्थहीन हुन सक्छ । यस्तै मनका हिसाबले जीवन सुखी वा दुःखी हुन सक्छ । हामीले चाहेको जीवन सुखी र अर्थपूर्ण जीवन हो । जीवन अर्थपूर्ण हुन ४ कुराहरुको संगम हुनु जरुरी छ । ती हुन्–
क. परिवर्तित विचार :– आफ्नो मनले डो¥याएको बाटोमा हिँड्छु भन्ने विचार ।
ख. स्वस्थ शरीर ९ब्धबपभलष्लन या दयमथ०
– रोगमुक्त बलियो शरीर ।
ग. व्यवस्थित उत्तेजना ९ब्धबपभलष्लन या झयतष्यल०
– सुखमा मात्तिने र दुःखमा आत्तिनेजस्ता उत्तेजना, रिस, क्रोध आदिको अन्त्य । माफी दिने आचरण ।
घ. सकारात्मक भावना ९ब्धबपभलष्लन या कउष्चष्त०
– सेवा र सहयोगी भावनाको विकास ।

४. समयको आदर र सदुपयोग गर : समयको ठूलो महत्व छ । समयको महत्व सबैले बुझ्नुपर्छ । बाँच्ने आज हो । बितेको समयका लागि पश्चात्ताप गर्नु हुँदैन । जे भयो अब सकियो भनेर चित्त बुझाउनुपर्छ । भोलिका बारेमा सोचेर चिन्तित हुनु हुँदैन । भोलिको कुरा भोलि नै सोचौँला भनी छाडिदिनुपर्छ । जे सोच्नु छ, जे गर्नु छ, आजै र अहिले गर्नुपर्छ । एचभकभलत तष्mभ ष्क तजभ mयकत ष्mउयचतबलत तष्mभ – यो उक्ति विद्वान्हरुले त्यत्तिकै भनेका होइनन् । यसमा सत्यता छ । भनिन्छ– मानिस सधँै मृत्यु शय्या मानसिकता ९म्भबतज दभम mभलतबष्तिथ० लिएर बाँच्नुपर्छ । आज मेरो जीवनको अन्तिम दिन हो, यसकारण मलाई जे गर्दा खुशी लाग्छ त्यही गर्छु भन्ने सोच्नुपर्छ र त्यसै गर्नुपर्छ । के गर्दा आपूmलाई खुशी लाग्छ र जीवन सुखमयी हुन्छ, त्यो कर्म आजका दिनमा गर्नुपर्छ । भोलि गरौँला भनेर आफ्नो खुशी र सुखका कर्मलाई छाड्नु हुँदैन । समयको आदर र सदुपयोग गर्दै आजका दिनमा बाँच्न सिक्यो भने जीवन सुखी बन्छ ।
५. समूहमा बस: एक्लो व्यक्ति आफैंमा हराउँछ । कि त उसले समाज त्यागेर ध्यानमार्ग अपनाई समाधि र निवार्णतर्फ लाग्नुपर्छ । स्वस्थ र सुखी जीवन एक्लै बसेर हुँदैन । यसका लागि स्वस्थ समाज र समूहको आवश्यकता पर्छ । व्यक्तिले आपूmलाई सजिलो लाग्ने, आफ्नो मन रमाउने, दिल खोलेर कुरा गर्न सकिने व्यक्तिहरुको समूह बनाई त्यसैमा मिली बस्नुपर्छ । आपूm अनुकूलको समूहमा बस्दा जीवन सुखी र स्वस्थ बन्न सक्छ ।

६. नाइ“, सक्तिन“, ुल्यु भन्ने क्षमता राख : इच्छाविपरीत चल्नुपर्दा, दुःख र रोग उत्पन्न हुन्छन् । यसकारण ‘इच्छा छैन’, ‘सक्तिनँ’, ‘गर्दिनँ’, ‘हुन्न’, ‘नाइँ’ ुल्यु, ुल्भखभचु भनी उत्तर दिन सक्ने क्षमता राख्नुपर्छ ।
७. अरुलाई दिन र बा“ड्न सिक: धन–सम्पत्तिको सङ्ग्रहबाट दुःख उब्जिन्छ । दुःखको प्रमुख कारण नै धन–सम्पत्तिको सङ्ग्रह गर्ने चाहना र यसतर्फ लक्षित कर्म हो । जसले अरुलाई आपूmसँग भएको चीज दिन्छ र बाँड्छ, त्यो व्यक्ति धनी कहलिन्छ । अरुलाई दिँदा आफ्नो हात सधैँ माथि नै हुन्छ । अरुलाई दिने र बाँड्ने कार्यले जीवनलाई सुखी बनाउँछ ।

८. समय र स्वार्थी भावनाको चापमा नबस : कुनै काम गर्दा भ्याई–नभ्याई अत्यधिक समयको चाप र कार्यबोझ पर्ने गरी कहिल्यै गर्नु हुँदैन । जति भ्याइन्छ त्यति गर । समय (घडी) छैन भन्ने सम्झी काम ग¥यो भने कहिल्यै दुःख हुँदैन । घडीविहीन मानसिकताले पनि सुख प्राप्त
गराउँछ । यस्तै प्रकारले ‘स्वार्थीपन’, ‘म’ को भावना दुःखका कारकहरु हुन् । ‘म’ भन्ने भावनालाई अन्त्य गर्नुपर्छ । ‘म’ विहीन निःस्वार्थ जीवन जिउनुपर्छ । यसबाट सुख प्राप्त हुन्छ ।

९. प्रकृतिस“ग नजिक बस : हावा, पानी, घाम, वनस्पति, माटो आदि प्रकृतिका संरचनाहरुसँग जति नजिक रह्यो त्यति नै जीवन सुखमयी बन्छ । शरीर यिनै प्राकृतिका पञ्चतत्वबाट बनेको हो । शरीरलाई स्वच्छ हावामा हल्लाउनुपर्छ, पानीमा बराबर डुबाउनुपर्छ, घाममा सेकाउनुपर्छ, घाँसपातमा घस्राउनुपर्छ अनि माटोमा धुलाउनुपर्छ । यसरी प्रकृतिसँग नजिक राखे शरीर स्वस्थ बन्छ अनि जीवन सुखी बन्छ । यसकारण आनन्द प्राप्तिका लागि नाङ्गो खुट्टाले चउरमा हिँड्नुपर्छ, घाँसपातमा लडिबुडी गर्नुपर्छ, असिना र पानी परेको हेर्दै रमाउनुपर्छ, खोलाको आवाज सुन्ने गर्नुपर्छ, चराहरुको चिरविर र हावाको आवाज सुन्ने गर्नुपर्छ ।

१०. कसैप्रति विश्वास र आस्था राख: कसैप्रति विश्वास र आस्था छ भने जीवन पद्धति अनुशासित बन्छ । विश्वास र आस्थाविनाको जीवन छाडा हुन्छ । अनुशासित जीवन पद्धति स्वस्थ हुन्छ । यसकारण स्वस्थ रहन कसैप्रति विश्वास र आस्था राखी त्यसअनुरुप आचरण गर्नुपर्छ । कुनै धर्मप्रतिको आस्था, भागवान्प्रतिको विश्वास अथवा कुनै आस्था केन्द्रप्रतिको विश्वासले मानिसलाई त्यसप्रति समर्पित बनाउँछ । यसले सत्कर्म गर्ने, सुख–सन्तुष्टि प्राप्त गर्ने आचरणतर्फ डो¥याउँछ । भगवान् र धर्मप्रतिको विश्वास र आस्थाले जीवनलाई सुखी बनाउन सहयोग पु¥याउँछ ।

११. गल्ती गर्नेलाई माफी देऊ : माफ गर्ने कला जान्नुपर्छ । गल्ती गर्नेलाई माफी दिँदा जीवन सजिलो बन्छ, तनाव घट्छ । बदलाको भावनाले क्रोध निम्त्याउँछ अनि क्रोधबाट रोग उत्पन्न हुन्छ । माफी दिन जान्यो भने क्रोधमाथि नियन्त्रण हुन्छ ।

१२. प्रेम गर : प्रेमको भावनामा अपार शक्ति छ । जसले प्रेम गरेको छ उसले मात्र प्रेमको शक्तिको अनुमान लगाउन सक्छ । सुखी बन्न एक पल्ट आपूmमा कसैप्रति प्रेमको भावना जगाउनुपर्छ । प्रेम स्त्री र पुरुषबीचको कामवासनायुक्त भावना मात्र
होइन । यो एक भक्ति हो, यो कसैप्रतिको समर्पण हो । प्रेम गर्नेले आपूmलाई पूर्ण रुपले आफ्नो प्रेमीमाथि समर्पण गर्छ र ऊ यसैमा आनन्द प्राप्त गर्छ । प्रेम एउटा अद्भूत सुखदायी भावना हो । जीवनमा एक पल्ट प्रेमको भावना र यसको गहिराइमा डुबी आनन्द प्राप्त गर्नै पर्छ । यसबाट जीवन सुखी बन्न सक्छ ।
प्रेमको प्रकृति धेरै प्रकारको हुन सक्छ । एउटाले व्यक्तिलाई प्रेम गर्छ भने अर्काले सङ्गीतलाई प्रेम गर्न सक्छ । ऊ सङ्गीतमयी दुनियामा आपूmलाई समर्पित गरी त्यसैमा रमाउन सक्छ । यस्तै गरी कसैले पुस्तक र कसैले कविता लेखनप्रति प्रेम भावना दर्शाउन सक्छन् ।
– लेखक राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालमा कार्डीयोलाजी युनिट –२ का प्रमुख र नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar