|
###
|
आँगनकै मिठाईमा उत्पादन मिति छैन, साना पसलमा के होला ?
काठमाडौं : तिहारमा मिठाई किन्दा होस पुर्याउनुस् है! नाफाखोर व्यापारीले भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउन सक्छन्। विज्ञले सतर्क भएर विश्वासिलो पसलबाट मात्रै मिठाई किन्न सुझाव दिएका छन्।
पर्वका अवसरमा मुख मिठो पार्न नक्कली मिठाईको थोरै प्रयोगले पनि दीर्घकालीन रोग लाग्न सक्छ। विज्ञका अनुसार तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्री गर्ने धेरै सम्भावना हुन्छ। नक्कली घिउतेलमा तारेर अखाद्य रङको प्रयोग तथा चाँदीको वर्क हालिएका रंगीचंगी स्वादिला मिठाईले पनि स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउन सक्छ।
नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थकर हुन सक्छ। वरिष्ठ खाद्यविज्ञ डा. दिलीप सुब्बाका अनुसार चाँदीको वर्क लगाइएको मिठाई स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ। माथिल्लो तहमा सेतो टल्कने चाँदीको जलप लागेको मिठाई खान नहुने उनले बताए। चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले स्वास्थ्यमा समस्या पार्छ।
भारतको लखनउस्थित इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च सेन्टर र सिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले मिठाई चम्काउन व्यवसायीले यसको प्रयोग गर्न थालेका छन्। 'यसले सीधै कलेजो र आन्द्रामा असर पार्छ', सुब्बाले भने।
अध्ययनअनुसार चाँदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम तत्त्व पाइन्छ। यस्ता मिठाईको खाँदा क्यान्सर, कलेजो, मिर्गौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ। अध्ययनअनुसार चाँदीको वर्क आफैंमा शुद्ध शाकाहारी होइन। चाँदीको पातलो चेप्टो टुक्रा बनाउन गाईको ताजा आन्द्राको प्रयोग गरिन्छ। गाईको आन्द्राबिना चाँदी वा आल्मुनियमको वर्क बन्न नसक्ने भारतीय अध्ययनले ठोकुवा गरेको छ।
आन्द्रामा चाँदी र आल्मुनियमको टुक्रा बेरेर काठको मुंग्रोले पिटिन्छ। पातलो र चेप्टो नबनेसम्म त्यसलाई मंग्रोले पिटिन्छ। यही वर्कलाई मिठाईमा सजाएर बिक्री गरिन्छ। 'मिठाईमा चाँदीको वर्कको सट्टा आल्मुनियम प्रयोग भएको र पहेंलो मिठाईमा मेटालिन एलो भन्ने रसायन प्रयोग भएको पाइएको छ', वाणिज्य विभागका निर्देशक प्रदीप सुवेदीले भने।
मिठाईको मिसावट र गुणस्तरहीन यतिमा सीमित छैन। सिन्थेटिक पेन्ट्समा थोरै दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा र फरमालिन मिश्रण गरेर नक्कली दूधसम्म बनाउन थालिएको छ। नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ। यही खुवाबाट विभिन्न खालका बर्फी, पेडा र महँगा मिठाई तयार पारेर बिक्री गरिन्छ।
खुवामा गहुँको पिठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घिउ मिसाएर गुणस्तरहीन मिठाई तयार पारिन्छ।
'अनुगमनका क्रममा राजधानीमा अहिलेसम्म नक्कली दूधबाट बनेका मिठाई फेला परेको छैन', खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक सुमन धितालले भने, 'हल्ला आए पनि फेला पार्न सकेका छैनौं।'
उनका अनुसार नक्कली दूधबाट निर्मित मिठाई खाँदा बान्ता हुने, मिर्गौला र कलेजो बिग्रने तथा क्यान्सर लाग्न सक्छ। भारतमा अहिले नक्कली दूधबाट निर्मित मिठाई भयावह रूपमा फेला पर्न थालेको छ। नेपालमा पनि ठूला व्यवसायी भारतबाट कच्चा पदार्थ आयात गरेर मिठाई तयार गर्दै आएका छन्।
लड्डु, जेरी र विभिन्न चहकिलो मिठाईमा रङ प्रयोग गरिएको हुन्छ। 'मिठाईमा दुई सय पीपीएमसम्म खाद्य रङ मिसाउने मापदण्ड भए पनि अत्यधिक मिसाइएको फेला पारेका छौं', धितालले भने, 'उपभोक्ताको स्वास्थ्यलाई हेरेर तिहारलाई लक्षित गरी अनुगमन तीव्र पारिएको छ।'
वाणिज्य विभागका निर्देशक सुवेदीका अनुसार प्रतिष्ठित मिठाई घरानाले पनि मिठाईमा ठग्दै आएका छन्। आइतबार मात्रै आँगन ब्रान्डमा मिठाई उत्पादन गर्ने त्रिपुरेश्वरस्थित पशुपति फुड्सले मिठाईको उत्पादन, उपभोग्य मिति तथा बिक्री मूल्य उल्लेख नगरी बिक्री गर्दै आएको फेला परेको उनले बताए। उनले भने, 'ठूला विश्वासिला प्रतिष्ठानको मिठाईको अवस्था यस्तो छ भने साना उत्पादकको अवस्था कस्तो छ, सहजै अनुमान गर्नुस्।'
खाद्य विभागले दसैंमा राजधानीका पसलबाट चार सय किलो घिउ, छेना, पनिर र खुवा नष्ट गरेको थियो। यसैगरी गत वर्ष राजधानीका दुई सय ५३ मिठाईपसलमा गुणस्तरहीन मिठाई र खुवा भेटिएको थियो।
यसरी चिनौ नक्कली मिठाई
चाँदीको वर्क : यसलाई डढाउँदा तेलको सानो थोपाका रूपमा परिणत हुन्छ। मिसावट चाँदीको वर्क डढाउँदा गाढा खैरो रङको अवशेष बाँकी हुन्छ। दूध : टेस्टट्युबमा तीन मिलिलिटर दूध राख्ने। त्यसमा एक प्रतिशत आयोडिन घोलको एक थोपा मिसाउने। दूध नीलो वा गाढा नीलो भएमा मिसावट भएको बुझ्नुहोस्।
नक्कली दूध : साबुनको जस्तो गन्ध। पहेंलो रङ। अस्वाभाविक स्वाद।
घिउ/मख्खन : हाइड्रोक्लोरिक अम्ल १० सीसी र एक चम्चा चिनी, घिउ वा मख्खनमा मिसाएर हल्लाउनुहोस्। मिसावट भए मिश्रणको रङ रातो हुन्छ।
खुवा : खुवामा दुईतीन थोपा टिन्चर आयोडिन राख्नुहोस्। खुवाको रङ नीलो देखिए नक्कली बुझ्नुस्। नक्कली खुवा बढी सेतो देखिन्छ।
स्रोत : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

##
|

0 comments:
...