Headlines News :
Home » » विद्युत्त प्राधिकरणले भन्यो–तिहारमा बत्ती नबाल्नु, नत्र लाइन काटिन्छ

विद्युत्त प्राधिकरणले भन्यो–तिहारमा बत्ती नबाल्नु, नत्र लाइन काटिन्छ

###
काठमाडौं, कात्तिक ३– गृह मन्त्रालयले बेलुका ७ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरे लगत्तै विद्युत प्राधिकरणले पनि तिहारमा बत्ती नबाल्न भनेको छ । झिलिमिली बत्तीको पर्व तिहारमा त्यस्ता बत्ती नबाल्न विद्युत प्राधिकरणले सार्वजनिक अनुरोध गरेको हो ।
तिहारमा घर उज्यालो बनाउन बालिने बत्तीले विद्युत खपत बढी हुने भन्दै विद्युत प्राधिकरणले घर, पसल, मल तथा सडकमा उत्सव बत्ती नबाल्न भनेको छ । त्यस्तै कात्तिक ५ गतेदेखि ८ गतेसम्म बेलुकीको समयमा फ्रिज, आइरन, राइस कुकर र एसी जस्ता बिजुली धेरै खपत हुने उपकरण नचलाउन पनि आग्रह गरेको छ । यदी झिलिमिली बत्ती बाले र विजुली धेरै खपत हुने उपकरण चलाए जुनसुकै बेला बिजुलीको लाइन काटिन सक्ने प्राधिकरणले चेतावनी समेत दिएको छ ।
तिहारमा बिजुली नभएका घरमा पनि अरु बत्ती बालेर झिलिमिली बनाइन्छ । बिजुली भएको घरमा समेत बत्ती बाल्न नपाएपछि तिहारको के महत्व ? यसअघि गृह मन्त्रालयले ७ बजेपछि देउसी भैलो नखेल्न भन्दा सर्बत्र बिरोध भयो । धेरै आलोचना खेपेपछि मन्त्रालयले देउसी भैलो खेल्न पाउने समय केही बढाउन लागेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar