###
![]() |
अरी विबोवाले आफ्नो छालालाई नरम बनाउनका लागि निकै छोटो समयमा लोसन अथवा मोइस्चुराइजर लगाउँछन् किनभने यदि उनले यसो नगरे उनी मूर्तीजस्तै हलचल गर्न नसक्ने हुन्छन् । ती इन्डोनेसियन टिनेजर एउटा निकै दुर्लभ रोगबाट ग्रसित छन् जसलाई इन्डोनेसियाका डाक्टरहरुले पनि उपचार गर्न सकेका छैनन् जसका कारण उनी आफ्नो असाधारण रुप लिएर हिँड्न बाध्य छन् ।
उनी ‘इरिथ्रोडर्मा’ नामक छाला सुन्निने रोगबाट ग्रसित छन् जसले उनको शरिरको सबै छालालाई पत्र–पत्र बनाएर शरिरबाट आफैँ छुट्टिने बनाइदिन्छ ।
१६ वर्षअघि जन्मिएका अरीले प्रत्येक ४१ दिनमा छाला फेर्ने गर्दछन् । उनले आफ्नो शरिरलाई दिउँसो होस् वा राती, प्रत्येक एक घण्टामा पानीमा भिजाउनुपर्ने र प्रत्येक तीन घण्टाको फरकमा शरिरभरी लोसन लगाउनुपर्ने हुन्छ ता कि उनको छाला कडा हुनबाट बचोस् । फोटोग्राफर नर्चोलिस अन्हारी लुबिस, ३५, ले ती बालकको अवस्थालाई कैद गरेर राखेका छन् र उनको छालाको अवस्थालाई ‘सर्पले छाला फेर्न लागेको अवस्था’ भनेर नामांकरण गरेका छन् ।
‘यो निकै दुखदायी हो किनभने उनी साधारण रुपमा जन्मिएका थिएनन् र उनको शरिरलाई पत्र परेका कडा छालाहरुले छोपेका छन् । उनको टाउकोदेखि खुट्टासम्म हेर्दा उनको शरिर गम्भीर रुपले पोलेको जस्तो देखिन्छ, ’ लुबिसले डेल्ली मेल अष्ट्रेलियालाई जानकारी दिए । ‘यदि ती बालकले आफ्नो छालालाई मोइस्चुराइज नगरे अथवा पानीमा नडुबाए, उनको शरिर कुनै मूर्तिजस्तो कडा हुन थाल्छ फलस्वरुप उनी हलचल गर्न सक्दैनन्, ’ लुबिसले बताए ।
उनको यो अवस्थालाई केहि गर्न नसक्ने जानकारी डाक्टरहरुले अरीको परिवारलाई दिइसकेका छन् । लुबिसका अनुसार अरी र उनको परिवारले उनको छालालाई धोएर र लोसनले नुहाएर कडा हुनबाट बचाइरहेका छन् । ती बालक आफ्नो समाजमा साधारण जीवन व्यतित गर्न कसरत गरिरहेका छन् ।
जर्कातामा बस्ने लुबिसले चार दिन अरी र उनको परिवारसँग बसेर उनको दैनिक क्रियाकलापको बारेमा अध्ययन र क्यामरामा कैद गरेका छन् । हेरौँ उनका तस्बिरहरुः

##
![]() |
0 comments:
...