|
###
|
एजेन्सी – बेलाबेलामा यस्ता समाचार सुन्नमा आउँछन्,जसलाई पत्याउन गाह्रो पर्छ । यस्तै समाचार सन् १९३३ मा पेरुको तिक्रापो इलाकाबाट आएको थियो । पेरुकी ६ वर्षकी बालिकाले एउटा स्वस्थ बच्चालाई जन्म दिएको समाचारले सबैलाई चकित बनाएको थियो ।
लिना मदिनाले ६ वर्ष सात महिनाको उमेरमा एक स्वस्थ बच्चालाई जन्म दिएकी थिइन् । यसलाई चिकित्सा विज्ञानको इतिहासमा आजसम्मकै विचित्र घटनाका रुपमा लिइन्छ । सबैभन्दा कम उमेरकी आमाका रुपमा लिनाले बनाएको रेकर्ड आजका मितिसम्म कसैले तोड्न सकेको छैन । पाँच वर्षको उमेरमा लिनाको पेटको आकार बढ्न थालेपछि बाबुआमा चिन्तित भएका थिए । त्यसपछि उनीहरुले अस्पताल लगेर छोरीलाई जँचाएका थिए । सुरुमा उनको पेटमा ट्युमर रहेको आशंका गरिएको थियो । चेकजाँचपछि डाक्टरहरुले उनको पेटमा सात महिनाको बच्चा रहेको बताउँदा लिनाका बाबुआमा मात्र होइन,पुरै संसार चकित भएको थियो । १४ मे १९३९ मा लिनाले छोरो जन्माइन् । शल्यक्रिया गरेर उनको पेटबाट बच्चा निकालिएको थियो । डाक्टरहरुले आठ महिनामै उनलाई पहिलोपटक रजस्वला भएको पुष्टि गरेको थिए ।
लिनाले आफ्नो छोराको बाबु को हुन् भन्ने कहिल्यै बताइनन् ।उनका बाबुलाई यसका लागि जिम्मेवार भएको आशंकामा पक्राउ गरिए पनि प्रमाण नजुटेपछि छाडिएको थियो,आजको नयाँ पत्रिकामा यो अनौठो खबर छापिएको छ ।
लिना मदिनाले ६ वर्ष सात महिनाको उमेरमा एक स्वस्थ बच्चालाई जन्म दिएकी थिइन् । यसलाई चिकित्सा विज्ञानको इतिहासमा आजसम्मकै विचित्र घटनाका रुपमा लिइन्छ । सबैभन्दा कम उमेरकी आमाका रुपमा लिनाले बनाएको रेकर्ड आजका मितिसम्म कसैले तोड्न सकेको छैन । पाँच वर्षको उमेरमा लिनाको पेटको आकार बढ्न थालेपछि बाबुआमा चिन्तित भएका थिए । त्यसपछि उनीहरुले अस्पताल लगेर छोरीलाई जँचाएका थिए । सुरुमा उनको पेटमा ट्युमर रहेको आशंका गरिएको थियो । चेकजाँचपछि डाक्टरहरुले उनको पेटमा सात महिनाको बच्चा रहेको बताउँदा लिनाका बाबुआमा मात्र होइन,पुरै संसार चकित भएको थियो । १४ मे १९३९ मा लिनाले छोरो जन्माइन् । शल्यक्रिया गरेर उनको पेटबाट बच्चा निकालिएको थियो । डाक्टरहरुले आठ महिनामै उनलाई पहिलोपटक रजस्वला भएको पुष्टि गरेको थिए ।लिनाले आफ्नो छोराको बाबु को हुन् भन्ने कहिल्यै बताइनन् ।उनका बाबुलाई यसका लागि जिम्मेवार भएको आशंकामा पक्राउ गरिए पनि प्रमाण नजुटेपछि छाडिएको थियो,आजको नयाँ पत्रिकामा यो अनौठो खबर छापिएको छ ।
|
##
|


0 comments:
...