Headlines News :
Home » » सम्पत्ति हडप्न बाँधेर औँठाछाप

सम्पत्ति हडप्न बाँधेर औँठाछाप

###
जनकपुर-अंशबन्डासम्बन्धी विवादमा जिल्लाका एक व्यक्तिलाई आफ्नै भतिजाले बाँधेर जबर्जस्ती औँठाछाप लिएका छन्। धनुषा परवाहा–२ का ७० वर्षीय मल्हु साहलाई उनकै भाइ शिवजीका छोराहरूले गाईगोरु बाँध्ने खाँबोमा डोरीले बाँधेका हुन्। शिवजीले तीन भाइ छोराको सहयोगमा आफूखुसी लेखिएको कागजमा मल्हुलाई जबर्जस्ती औँठाछाप लगाउन लगाएका थिए।

नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रहेका शिवजीले पार्टीको माथिल्लो तहका नेतासँगको पहुँचका आधारमा दाजुमाथि ज्यादती गरेको स्थानीय बताउँछन्। सञ्चारमाध्यमले समाचार प्रसारण गरेपछि प्रहरीले शिवजीका दुई छोरालाई पक्राउ गरे पनि कारबाही गर्न अटेर गरिरहेको पीडितको गुनासो छ। ‘प्रहरीलाई समयमै जानकारी भए पनि राजनीतिक शक्तिको आडमा घटना मिलाउने प्रयास भइरहेको थियो,’ स्थानीय बेचन ठाकुरले भने, ‘त्यसैले कारबाही हुनेमा अझै शंका छ।’ मान्छेलाई पशुसरह बाँधेर कानुन मिच्दा पनि सरोकारवाला निकाय चुप लागेर बस्नु ठूलो अन्याय भएको उनले बताए।
जिल्ला प्रहरीप्रमुख एसपी गणेश थापाले भने उजुरी आएलगत्तै दुई जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी भइरहेको जानकारी दिए। ‘अहिलेको जमानामा पनि यसरी मानवलाई पशुतुल्य व्यवहार गर्नु कानुनको ठूलो उपहास हो। सबैलाई पक्राउ गरी कठघरमा उभ्याउँछौं,’ थापाले भने। उनका अनुसार शिवजीसमेत घटनामा संलग्न उनका तीन छोरालाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाहीको तयारी भइरहेको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar