### |
इबोला आयो भने के होला?
डा सुशील ताम्राकार
ईबोला भाइरसको संक्रमण रोकिने छांट-कांट नदेखिएको बेलामा नेपालमा पनि संक्रमण फैलन सक्ने सम्भाबना बढ्दै गईरहेको छ र यो बेलामा हामी सबै सचेत हुना जरुरी छ. तसर्थ यसका बारेमा जान-जागरण ल्याउन यो पोस्टलाइ ज्यादा भन्दा ज्यादा शेयर गारी ईबोला नियन्त्रणमा सहयोग पुर्याउनुहोस
इबोला आयो भने के होला?
हिजो आज इबोलाको चर्चा टिभी, रेडियो छापा जताततै छ। कोही भन्छन् इबोला यतै पनि छ। पश्चिम अफ्रिकाका केही देशमा इबोला संत्र्र्कमणले महामारीको रूप लिइसकेको छ। इबोलाबाट आक्रान्त लाइबेरियामा सेवा गरेर सशस्त्र प्रहरीको एउटा समूह नेपाल फर्किसकेको छ र फर्किने क्रममा पनि छ। त्यसैले पनि इबोलाबारे यथार्थ जानकारी दिने जमर्को गरेको हुँ।
सन् १९७६ मा पहिलोपल्ट दक्षिणी सुडान र जायरमा देखापरेको यो भाइरल ज्वरोले पहिलो महामारीमै २ सय ८४ जना सुडानीलाई आक्रान्त बनाएको थियो। तीमध्ये १ सय ५१ जनाको त मृत्यु नै भएको थियो। त्यसको केही महिनापछी जायरमा भएको प्रकोपमा ३ सय १८ जनालाई संक्रमण भएकोमा २ सय ८८ जना अर्थात् ८८ प्रतिशतको मृत्यु भएको थियो। जायरको इबोला नदीको नामबाट नामकरण गरिएको यो ज्यानमारा भाइरसको प्रकोप बेलाबेलामा देखा परे पनि केही अफ्रिकी देशमा मात्र सीमित थियो भने नियन्त्रण पनि गरिएको थियो। तर, हालको प्रकोप अनियन्त्रित भई अन्य देशमा समेत फैलिने ठूलो जोखिम देखिएको छ। हालै लाइबेरियाबाट फर्केका एक जना अमेरिकीको इबोलाको संक्रमणबाट भएर मृत्यु भयो। ती बिरामीको उपचार गर्ने टेक्सासको डलासस्थित अस्पतालका दुईजना स्वस्थ्यकर्मीलाई समेत रोग सरेकाले उनीहरू पनि जीवन मृत्युको दोसाँधमा छन्। त्यसरी नै स्पेनमा समेत संक्रमित बिरामी भेटिएकाले अब यो इबोला अन्तर्राष्ट्रिय सीमा नाघेर जताततै विध्वंश मच्चाउन तयार देखिन्छ।
इबोला ‘ह्यामोरेजिक फिभर' कोटीका ३ वटा भाइरस इबोला, माबर्ग र ल्हासामध्येमा सबैभन्दा खतरनाक भाइरस हो। जायर उपजातिको इबोलाको संक्रमण भएको खण्डमा ९० प्रतिशतसम्म मृत्यु हुने डर रहन्छ। यसका विषाणु सजिलै शरीरमा प्रवेश गर्नसक्ने र कम संख्यामा मात्र विषाणु शरीरमा प्रवेश गरे पनि संक्रमणको रूप लिनसक्ने हुनाले पनि यो भाइरस बढी डरलाग्दो हुन्छ। अधिकांश भाइरल रोग लाग्न वा रोगको लक्षण देखा पर्न मानिसको शरीरमा लाखौं, थोरैमा पनि भए हजारौंको संख्यामा भाइरस कुनै पनि माध्यमबाट प्रवेश गरेको हुनुपर्छ। जस्तो एचआईभी संक्रमण हुन १० हजारदेखि १० लाख भाइरस शरीरमा पस्नुपर्छ। यद्यपि, एक थोपा रगतमै भाइसरको संख्या लाखौं हुने भएकोले अलिकति पनि संक्रमित रगत वा यौन रस शरीरमा प्रवेश गरेमा एचआईभी हुने खतरा रहन्छ। यसै गरी इन्फ्लुएन्जा सर्न पनि १० हजारदेखि १० लाख भाइरस शरीरमा पुग्नुपर्छ । सार्स र पोलियोको भाइसर भने १० देखि १०० को संख्या मात्रैले पनि व्यक्ति संक्रमित हुनसक्छ।
छिटै र सजिलै सर्छ इबोला
पंक्तिकारले आफ्नो विद्यावारिधि शोधकार्यको एउटा अंशका रूपमा इबोला, मार्बर्ग र ल्हासा भाइरसको जोखिमका बारेमा अध्ययन गरेको थियो। प्राविधिक कारणले ल्हासा भाइरसबाहेक अरूको जोखिम निर्क्योल गर्न नसकिए पनि ल्हासाकै अनुमानलाई न्यूनतम विन्दु मानेर रोकथामलगायत अन्य काम गर्नुपर्ने निष्कर्ष निकालिएको छ। वैज्ञानिक अनुसन्धान प्रक्रियाअनुसारको उक्त निष्कर्ष हालसम्म यथावत् रहेको छ। उक्त अनुसन्धानका आधारमा इबोला पनि ल्हासाजस्तै सरुवा पाइएको छ। यसको ०.२३ पीएफयुमात्र पनि हाम्रो शरीरमा प्रवेश गरे ५० प्रतिशतमा संक्रमण हुन्छ। औसतमा १ पीएफयुले ८० प्रतिशत र १० पीएफयुले शतप्रतिशतमै संक्रमण हुनसक्छ। स्मरण होस् पीएफयु भनेको भाइरस गणना गर्ने इकाई हो वा भाइरस कल्चर गर्दा बनाउने कोलोनी हो। एक पीएफयुभित्र घटीमा १ भाइरियोन हुन्छ।
त्यसैले जतिसुकै साबधानी अपनाए पनि यो रोग लागेको व्यक्तिको नजिक रहेका खासगरी स्वास्थ्ययकर्मी र परिवारका सदस्यलाई रोग सरेको उदाहरण छ। उच्च बायोसेफ्टी लेभल ( लेभल ४ र ५ ) तहका सुरक्षा पोसाक लगाए पनि शतप्रतिशत जोखिम मुक्त हुँदैन। कारण, अति सूक्ष्म पार्टिकल छिर्ने सम्भावना अत्यन्त न्यून भए पनि असम्भव चाहिँ हुँदैन।
नेपालमा इबोला आयो भने के गर्ने?
सबैभन्दा कहालीलाग्दो त नेपालको स्वास्थ्यय क्षेत्र सम्भावित इबोला संक्रमणको जोखिमबाट बेखबर देखिएको छ। यसको प्रतिरोधको तयारी लगभग शून्य छ। हाम्रा स्वास्थ्ययकर्मीलाई प्रशिक्षित गरिएको छैन। नेपालमा सरुवा रोगका विशेषज्ञ पनि पर्याप्त संख्यामा छैनन्। राजधानीकै नाम कहलिएका अस्पतालसँग न त ‘आइसोलेशन युनिट' नै छ न पर्याप्त सुरक्षा उपकरण छन्। व्यवस्थापन र भौतिक सुरक्षाको स्थिति त्यसभन्दा पनि भयावह छ। अस्पतालबाट निस्कने फोहरलाई सार्वजनिक फोहर राख्ने कन्टेनरमा फाल्ने प्रवृत्तिले स्थिति झन् भयावह हुने जोखिम देखिन्छ।
कामना गरौँ, इबोलाजस्तो भयावह रोग हाम्रो देशमा न आओस्। तर, आइहाल्यो भने चाहिँ क्षति न्यूनतम गर्नका लागि केही उपाय अपनाउन सकिन्छ। सम्बन्धित सबै इमानदारीसाथ लाग्ने हो भने सीमित साधन र स्रोतमै पनि प्रभावकारी व्यवस्था मिलाउन सकिन्छ र इबोलाविरुद्धको युद्ध जित्न सकिन्छ।
अहिलेसम्मको वैज्ञानिक अनुसन्धानले इबोला हावाबाट सर्दैन भन्ने पुष्टि भएको छ। संक्रमितलाई रोगले च्यापेपछि निस्कने शारीरिक तरल पदार्थसँग सिधा सम्पर्क भएर शरीरभित्र रोगका भाइरस प्रवेश गरेमा मात्र यसको संक्रमण हुन्छ। शारीरिक तरल पदार्थ भनेको रगत, खकार, वान्ता, र्या ल, पसिना, वीर्य र योनी रस ) तथा सुत्केरी आमाको दूध हुन्। शारीरिक तरल पदार्थमा रहेको कम तापमानम ा( ४ डिग्री सेल्सियस) मा कैयौं सातासम्म बाँच्न सक्ने भए पनि कोठाको तापमान ( २३ डिग्री सेल्सियस) मा भाइरस केही घन्टा वा केही समयमात्र बाच्ने हुनाले सिधा सम्पर्क भएमाबाहेक अन्य अवस्थामा यो रोग सर्ने सम्भावना न्यून रहन्छ। ज्ञातव्य छ, न्यून को अर्थ शून्य चाहिँ हैन। तसर्थ, संक्रमित व्यक्तिको उपचारमा रहने स्वास्थ्याकर्मीले विश्व स्वास्थ्य संगठनले सुझाएअनुसारको सुरक्षित पोसाक र उपकरण प्रयोग गर्नैंपर्ने हुन्छ। नत्र पहिलो सिकार तिनै स्वास्थ्यकर्मी हुने निश्चित् छ। स्वास्थ्यकर्मीलगायत अस्पतालको आइसोलेसन (बिरामीलाई अलग्गै राखिने पूर्णरूपमा सुरक्षित ) एकाइमा काम गर्ने अन्य कर्मचारी खासगरी सफाइ कर्मचारीले पनि सुरक्षित पोसाक र उपकरण ( पन्जा, जुत्ता) लगाउनैपर्ने हुन्छ। रोगीले प्रयोग गरेको लत्ता कपडा, तन्ना, सिरानी आदिलाई सुरक्षित रूपमा जलाउने गर्नुपर्छ।
माहामारीका रूपमा फैलनबाट रोक्न सबैभन्दा पहिला रोग लागेको शंका गरिएका व्यक्तिको पहिचान गरी ‘आइसोलेसन युनिट'मा कडा निगरानीका साथ राख्नु नै एउटामात्र उपाय हो। अमेरिकालगायत विश्वका विकसित मुलुकमा को व्यक्ति कहाँकहाँ गए कोकोसँग भेट गरे भन्ने थाहा पाउनसक्ने संयन्त्र छ तर हाम्रो देशमा? के यो सम्भव छ त? सबैभन्दा गम्भीर प्रश्न यही हो। तर पनि अलिकति मात्र इमान भए र संक्रमित व्यक्तिहरूले पनि इमान देखाउने हो भने महामारी रोक्न सकिन्छ। इमानदारका लागि त भगवान पनि मेहरवान हुन्छ रे।
मृत्यु हुने सम्भावनामै बाँच्ने आशा जन्मिने हो। यस रोगलाई नियन्त्रण गर्नेसक्ने ओखती र भ्याक्सिन उपलब्ध छैन। अमेरिकामा परीक्षणका रूपमा प्रयोग गरिएको दुर्लभ ओखतीले ज्यान बचाएको छ। आशा छ , छिट्टै नै भ्याक्सिन र औषधि पनि बजारमा पुग्नेछन्। त्यसैले त्यतिन्जेलसम्म आआफ्नो ठाउँबाट इमानसाथ काम गरेर इबोलालाई टाढैबाट भगाउँ्क। कदाचित्, आइ हाले तत्कालै सबै मिलेर ‰यापझुप पारौँ र नेपाललाई इबोला मुक्त बनाऊँ।
अमेरिकामा कार्यरत चिकित्सक
Email tulasit@no-email.com

## |
0 comments:
...