### |
सुशीललाई कामचलाउ बनाएर प्रधानमन्त्री कार्यालयको बाटो खन्दै ओली
राजेश भण्डारी
एमाले अध्यक्ष ओलीसँग हरेक विषयको चुट्किलाकरणको विशिष्ट क्षमता छ । पहिलो संविधानसभाप्रति व्यंग्य गर्दै उनले भनेका थिए ‘यो संविधानसभा नाचगान गर्ने र रमिता हेर्नेहरूको थलो हो ।’ उनले पहिलो संविधानसभालाई उडाउनुको एउटै कारण थियो, उनी त्यहाँ थिएनन् । केपी ओली त्यसलाई घुमाई–घुमाई डिरेल गराउन चाहन्थे । ‘न रहेगा बाँस, न बजेगा बाँसुरी ।’ आखिर भयो पनि त्यस्तै ।
पहिलो संविधानसभालाई हँसीमजाकमै उडाएका ओली दोस्रो संविधानसभाको सुरुआती दिनमा भने केही गम्भीर जस्तो देखिएका थिए । तर पछिल्ला गतिविधि हेर्दा केपी ओलीले दोस्रो संविधानसभालाई ठट्टाकै रुपमा लिन थालेका छन् ।
‘टेन्सन लेनेका नहीं, देनेका हे’ भने जस्तै ओलीले आजभोलि कांग्रेस र एमाओवादीका शीर्ष नेताहरूलाई हत्तु बनाइसके । संविधान निर्माण र संघीयताबारेका विवादित विषयमा सहमति जुटाउन भनेर अन्य दलका नेता टाउको समाएर घोत्लिरहँदा ओली भने ब्याण्डेज गरेको दायाँ हात समातेर कहिले टिचिङ त कहिले नर्भिकतिर दौडिरहन्छन् । एमालेको अध्यक्ष र संसदीय दलको नेता समेत बनेर सिंगो एमालेको पावरलाई ओलीले देब्रे मुठ्ठीमा सीमित गरेका छन् । इन्फेक्सनका कारण दायाँ हातले काम गर्न नसक्ने केपी ओली आखिर के चाहन्छन् ?
यस्ता छन् उनका चार दाउ :
दाउ नं १.
संविधान निर्माणका विवादित विषयमा छलफल गर्न भनेर डाकिएका हरेक बैठकमा केपी ओली ढिलो जान्छन् चाँडै फर्कन्छन् । यसको अर्थ उनी विवादित विषयमा सहमति गर्नै चाहँदैनन् । आजभोलि सुशील कोइराला र प्रचण्ड, बाबुरामलाई सहमति होला–नहोला भन्दा पनि ओली आउलान्–नआउलान् भन्ने चिन्ताले पिरोल्न थालेको छ । यसरी निर्णायक बैठकलाई ख्याल–ख्याल सोचेर आफ्ना आसेपासेलाई उखान सुनाएर हँसाइरहनुको अर्थ हो केपी ओलीलाई नयाँ संविधानको चाहना छैन ।
दाउ नं २.
सुशील कोइरालाले आगामी माघ ८ गते संविधान घोषणा गरेर मात्रै प्रधानमन्त्री छाड्ने चाहना राखेका छन् । अहिले नै सरकार छाड्नुस् भन्न ओलीलाई पनि गाह्रो छ । त्यसैले त बेलाबेला भन्छन् ‘माघ ८ पछि यो सरकारको आयु सकिन्छ ।’ यसरी बाहिरी मञ्चहरूमा सरकारको आयु निर्धारण गर्दै हिंड्नुको अर्थ हो, ओली यो सरकार ढालेर आफू प्रधानमन्त्री बन्न चाहन्छन् ।
दाउ नं ३.
माघको जाडो शुरु भएपछि बल्ल निर्णायक बैठकमा सहभागी हुने योजनामा छन् ओली । त्यसो भएमा रातदिन घोत्लिए पनि सहमतिको बिन्दु पहिल्याउन सकिंदैन र संविधानसभाको म्याद थप्नुको विकल्प रहँदैन । ठीक त्यहीवेला अलि लचिलो भएजस्तो गरेर संविधानसभाको म्याद थप्ने दाउमा छन् ओली । त्यतिवेला उनले प्रस्ताव राख्नेछन् ‘प्रधानमन्त्रीको राजिनामा पछि मात्र म्याद थप्न सकिन्छ ।’ यसरी सुशीललाई कामचलाउ बन्न बाध्य बनाएर प्रधानमन्त्री कार्यालयसम्म पुग्ने बाटो खन्दैछन् ओली ।
दाउ नं ४.
प्रधानमन्त्री बनेपछि बल्ल सहमतिको प्रयास थाल्ने र संविधान निर्माण गर्ने दाउमा छन् ओली । त्यसो गर्न सकेमा इतिहासकै सफल प्रधानमन्त्री बन्ने र एमालेमा मौलाइरहेको जबजको ठाउँमा ‘ओली पथ’ को विकास हुने उनले सोचेका छन् । ओली पथको उदयपछि एमाले सिद्धान्त भन्दा ‘परिमार्जित उखान–टुक्का’ को बहसमा लाग्नेछ ।
सफल होला ओलीको दाउ ?
ओलीले एकपटक संसद्मा भनेका थिए, ‘हामी संघीयतामा गइसक्यौं, त्रिशूली अब भैरवकुण्डतिर फर्कंदैन ।’ त्रिशूली त फर्केको छैन तर ओली जबर्जस्ती त्यसको प्रवाहलाई रोक्न खोज्दैछन् ।
माथिका चार दाउ रचेर बसेका ओली एमालेका प्रभावशाली नेता माधव नेपालको पासोमा पर्ने पक्का छ । ओलीले जति दाउ हाने पनि माधव नेपालले उनलाई प्रधानमन्त्री हुनै दिंदैनन् । त्यसमा अन्य दलले पनि नेपाललाई सघाउने देखिन्छ । किनकि एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धन र नेपाली कांग्रेसका नेताहरू पनि ओलीप्रति सकारात्मक छैनन् ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा र रामचन्द्र पौडेल ओलीलाई कुनै हालतमा प्रधानमन्त्री हुन नदिनेमा छन् । पाए आफैं खाने दाउमा भएकाले देउवा र पौडेल नै ओलीको बाटोमा मुख्य तगारो बन्नेछन् ।
उता सुशील कोइरालाले संविधान नबनेसम्म प्रधानमन्त्री पद नछाड्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । स्रोतका अनुसार आजभोलि कोइराला आफ्नो किचन क्याबिनेटका शेखर कोइराला, दिलेन्द्र बडू र आनन्द ढुंगानाहरूसँग बसेर माघ ८ पछिको योजना बनाउन थालेका छन् । किचन क्याबिनेटकै सुझाव अनुसार कोइराला करीब ६ महीना संविधानसभाको म्याद थप्ने दाउमा छन् । संविधानसभाको आयुसँगै आफ्नो पद पनि लम्ब्याउने र आगामी जेठमा गणतन्त्रको दिन पारेर नयाँ संविधान जारी गर्ने दाउमा छन् कोइराला । ओली आफैं भन्थे ‘फलामलाई फलामले काट्छ ।’
ओली आफूलाई प्रचण्डसँग तुलना गर्थे, उखान टुक्काले प्रचण्डको व्यक्तित्वलाई हावामा उडाइदिन्थे । तर आज सादगी नेताको पहिचान बनाएका सुशील’दा ले ओलीका दाउहरूलाई फिक्का बनाउँदै छन् । व्यवहार, सिद्धान्त सबैतिर उखान र टुक्काको माला जपेर हिंड्ने केपी ओलीका दाउ फिक्का हुने स्पष्ट संकेत दुनियाँले बुझ्दैछन् । तर बिडम्वना, उनै ओलीले बुझेनन् ।

## |
0 comments:
...