### |
असोज २३ – गोमा एयरले १९ सिट क्षमताको यात्रुवाहक जहाज थपेको छ। रजिस्ट्रेसन मार्क नाइनएन एकेवाइ भएको LET410 UVP-E20 Turboprop जहाज बिहीबार काठमाडौं आइपुगेको हो। बिल्कुलै नयाँ मल्टी इन्जिन टर्बोप्रोप यो जहाजले केही दिनभित्रैबाट व्यावसायिक उडान सुरु गर्ने गोमा एयरले जनाएको छ।
चार दशकयता कुनै नेपाली विमान कम्पनीले नेपालमा छोटा धावनमार्गमा सेवा सञ्चालन गर्न नयाँ हवाइजहाज ल्याएको यो पहिलो अवसर हो। चेक गणतन्त्रमा निर्मित यो जहाज सोमबार त्यहाँबाट उडेको थियो। गोमा एयरका क्याप्टेन आङ दोर्जी शेर्पा र निर्माता कम्पनीका क्याप्टेन भ्लादिमिर फ्लेगरले उडाएर जहाज नेपालसम्म ल्याएका हुन्। यो जहाजले नागरिक उड्ययनका बाँकी प्रक्रिया पूरा गर्नासाथ उडान सेवा सुरु गर्नेछ।
चेक गणतन्त्रमा निर्मित यस्तै प्रोटोटाइप) जहाजले पोखरा–जोमसोम रुटमा २०७० मंसिर २२ मा र काठमाडौं–लुक्ला रुटमा मंसिर २५ मा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसहित सफल परीक्षण उडान गरेको थियो। पोखरा–जोमसोम रुटलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण हवाई रुट मानिन्छ।
इसा (European Aviation Safety Agency) द्वारा प्रमाणित LET410 UVP-E20 विमान अहिले विश्वका ५० भन्दा बढी मुलुकमा सञ्चालनमा छन्। यस्ता ३ सय ५० भन्दा विमानले विश्वका आकाशमा उडान भरिरहेका छन्। गोमा एयरले हालसम्म सिंगल इन्जिनका दुईवटा सेस्ना काराभान जहाजद्वारा चार्टर्ड सेवा सञ्चालन गरिरहेको थियो।

## |
0 comments:
...