### |
पोखरा-हिमपहिरोमा परेर मुस्ताङमा तीन विदेशी पर्यटकसहित चारजनाको ज्यान गएको छ। ज्यान जानेमा एक नेपाली, एक इजरायली र दुईजना पोल्याण्डका पर्यटक छन्। हिमपहिरोमा परि १४ जना विदेशी घाइते भएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार अन्नपूर्ण फेरोको थोराङ पास गरेर मुक्तिनाथ झर्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा उनीहरु हिम पहिरोमा परेका थिए। मृत्यु हुनेको नाम खुलेको छैन।
नेपाली सेना र प्रहरीले मध्यरातमा उद्धार गरेको थियो। घाइतेको अहिले घटनास्थलमै प्राथमिक उपचार भइरहेको छ। उनीहरुलाई तल झार्ने तयारी भइरहेको छ।
नेपाली सेना र प्रहरीले मध्यरातमा उद्धार गरेको थियो। घाइतेको अहिले घटनास्थलमै प्राथमिक उपचार भइरहेको छ। उनीहरुलाई तल झार्ने तयारी भइरहेको छ।
## |
0 comments:
...