Headlines News :
Home » » कुन मन्त्रीको सम्पत्ति कति ?

कुन मन्त्रीको सम्पत्ति कति ?

###
एक वर्षअघि सम्पत्ति विवरण बुझाएका मन्त्रीहरुको सम्पत्ति विवरण खासै घटबढ भएको छैन । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले घर बिक्रीबाट बचत भएको ६५ दलाख रुपैयाँ आफन्तलाई दिएको उल्लेख गरेका छन् । त्यस्तै नविल बैंकबाट लिएको एक करोड ऋणमध्ये ५० लाख तिरेको उनले जनाएका छन् । घर बिक्रीबाट प्राप्त रकमले ऋण तिरेको उनले जनाएका छन् । गौतमले एभरेष्ट बैंकको खातामा रहेको रकम भने घटेको देखाएका छन् । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भने अघिल्लै सम्पत्ति विवरण बुझाएका छन् । यसपटक पनि उनले ६५ तोला सुन,केही हीरा जवाहरत,अन्दाजी २ किलो चाँदीका सामान रहेको उल्लेख गरेका छन् । भूमिसुधार मन्त्री दलबहादुर रानाले पनि पुरानै सम्पत्ति विवरण बुझाएका छन् । रानाको ११ तोला सुन छ भने बैंकमा सामान्य मौज्दात रहेको छ । भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले भने चार लाख नगद बढेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

 आफू र श्रीमती अनामिकाको नाममा दुई–दुई लाख बैंक व्यालेन्स भएको उनले देखाएका छन् । निधिसित सुन ६० तोला,चाँदी १ सय ५० तोला र नगद १० लाख १४ हजार पाँच सय ७५ रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । कानुन मन्त्री नरहरी आचार्यको सम्पत्ति पनि बढेको छैन । उनीसित सुन ४७ देखि ४८ तोला उल्लेख छ । आफ्नो नाममा १२ हजार मात्र बैंक व्यालेन्स रहेको जनाएका मन्त्री आचार्यले श्रीमती शारदा शर्माको नाममा विभिन्न बैंकमा तीस लाख मौज्दात रहेको उल्लेख गरेका छन् । बन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले पनि पुरानै सम्पत्ति विवरण बुझाएका छन् । उनले ४५ तोला सुन,आफ्नो नाममा सनराइज बैंकमा २० लाख,आफ्नो र श्रीमतीको संयुक्त नाममा सनराइज बैंक विराटनगर शाखामा ४० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सिंचाइमन्त्री नारायणप्रसाद साउदले भने आफ्नो सम्पत्ति एक वर्षमा घटेको विवरण पेश गरेका छन् । युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले एक वर्षमा ५० हजार ऋण तिरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar