### |
१० कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डकै राजधानी बैंककको पुनःस्थापना केन्द्र (सुधार गृह)मा राख्ने गृहकार्य अघि बढाएको छ । अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त पाएका पाएकालाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो । अबैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्ड
को रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकाले थाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको राजधानी दैनिकमा खबर छ । पारस थाइल्यान्डमा पक्राउ परेपछि उनलाई सहयोग गर्न धीरेन्द्रकी माइली छोरी बैंकक पुगेकी थिइन् । अदालतमा धरौटी राख्ने रकम पनि उनैले लिएर गएकी थिइन् । पारस यसअघि पनि पुनःस्थापना केन्द्रमा बसिसकेका छन् । अवैध लागूऔषध सेवन गरेको अभियोगमा अघिल्लो पटक थाई अदालतले नै उनलाई पुनःस्थापना केन्द्रमा पाठाउने निर्णय गरेको थियो । अदालतको आदेशपछि ६ महिनासम्म उनी च्यान्माई सुधार केन्द्रमा बसेका थिए ।

## |
0 comments:
...