### |
गोरखा, कात्तिक १ - जिल्ला प्रहरी कार्यालय गोरखाले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ ।
जिल्लाभित्र र बाहिर चल्ने यात्रु वाहक गाडी धनीले सीट क्षमता भन्दा बढी यात्रु बोकेको पाइए कारवाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाका पक्की सडकमा शनिबार देखि यो नियम लागू गरेको छ ।
कच्ची सडकमा भने तिहार लगत्तै नियम कार्यान्यवन गरिने प्रहरी नायव उपरीक्षक रमेश थापाको भनाई छ । सवारी साधनको ब्लुबुकमा उल्लेख गएको क्षमता र सिट संख्या भन्दा बढी यात्रु राखेको पाइए तत्काल कारवाही गर्ने प्रहरीको तयारी छ ।
प्रहरीले सदरमुकामबाट पक्की सडकमा चल्ने सार्वजनिक बसमा यात्रुले देखिने गरि सिट क्षमता उल्लेख गरिएको स्टिकर टाँसेको छ । प्रहरी र ट्राफिक प्रहरीले गाडीमा टाँसिएको स्टिकर र ब्लुबुकमा लेखिएभन्दा बढी यात्रु बोके/नबोकेको बारे अनुगमन गर्नेछ । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण गाडी दुर्घटना बढेको पाइएकाले यसप्रकारको नियम कार्यान्वयन गर्न लागिएको प्रहरी प्रमुख थापाले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि प्रहरीको यो अभियानले सघाउने उहाँको विश्वास छ । यात्रु वाहक सवारी साधनका हकमा यो नियम लागू भएपछि मालवाहक गाडीलाई पनि नियम कार्यान्वयन गराइने थापाले जानकारी दिनुभयो ।
यस्तै सार्वजनिक गाडीले तोकिएको भाडादर कार्यान्वयन गरे नगरेकोबारे पनि प्रहरीले अनुगमन सुरु गरेको छ । प्रहरीले सबै सार्वजनिक सवारी साधनलाई नयाँ भाडादर यात्रुले देख्ने गरि टाँस्न पनि भनेको छ । भाडादर नराखेका सवारी साधनलाई कारवाही गरिने ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले बताउनुभयो ।
गोरखा सदरमुकामबाट आरुघाट सडकखण्डको ढुंगागाडेसम्म र १२ किलोदेखि वालुवासम्मको सडकको चोरकाटे क्षेत्रसम्मको सडक कालोपत्रे भएको छ । ती सडकखण्डको भाडा केही घटेको छ ।

## |
0 comments:
...