Headlines News :
Home » » के हो न्युमोनिया ? लक्षणहरू, उपचार, सुशील रिजाल

के हो न्युमोनिया ? लक्षणहरू, उपचार, सुशील रिजाल

###
हुड-हुड तूफानले भित्र्याएको मौसम परिवर्तनले थर्मामीटरको परोलाई तल्लो स्तरमै रहन बाद्य गरेपछि देशमा जाड़ो बढ्दै गईरहेको छ। सहरमा अली चाँडै जाड़ो बढे पछि हॉस्पिटल का आपात्कालीन कक्षहरू खचाखच न्यूमोनिया का बिरामी हरुले भरीन थालेका छन। न्यूमोनिया यस्तो रोग हो जून बेलैमा उपचार गरे निकोहुन्छ तर रोगको निदानमा तथा उपचारमा गड़बड़ भए रोग बिग्रिएर रोगीको मृत्यु समेत हुनसक्छ। एस परिप्रेक्षमाँ काठमाडौँ युनिभर्सिटि मेडिकल स्कुलका सुशील रिजाल 'अभिनवले' लेख्नु भएको लेख हजुरका लागि सहायक हुनसक्छ। यो लेख पढ़ी सके पछि अरुले पानी लेख पढ़ूँन भनी शेयर गारी दिनु होला।

के हो न्युमोनिया ?
सुशील रिजाल 'अभिनव' -

सामान्यतया न्युमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो । जसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । विशेष गरेर क्तचभउतयअयअअगक उलभumयलष्बभ प्रजातिको ब्याक्टेरियाले न्युमोनिया गराउँदछ । त्यस्तै केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया ९क्भखभचभ उलभumयलष्ब० गराउँदछन् ।

एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै घटे पनि त्यसले खतरनाक अवस्थासम्म भने पुर्‍याउँदछ । ७० वर्ष नाघेका व्यक्तिहरूमा अझै पनि न्युमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो ।

न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने छैन । एचआईभी/एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा लाग्ने न्युमोनिया चाँडै र धेरै लाग्दछ । त्यसैले केही अपि|mकन महादेशका देशहरू जहाँ ज्क्ष्ख्क्ष्ब्क्ष्म्क् व्याप्त छ, न्युमोनियाका बिरामीहरूको सङ्ख्या पनि अत्यधिक रहेको छ । न्युमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन् ।

व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि न्युमोनिया हुन सक्दछ । कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि न्युमोनिया देखिन सक्छ । अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, ज्क्ष्ख्क्ष्ब्क्ष्म्क् सङ्क्रमितहरू अङ्ग, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा न्युमोनिया चाँडै लाग्दछ । त्यस्तै धुम्रमान र मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्दछ ।

मानव शरीरमा एक जोडी फोक्सो हुन्छ । एउटा दाहिने पट्ट िर अर्को देब्रे पट्ट ि। दाहिने फोक्सो देब्रेभन्दा ठूलो र अलि गह्रुँगो हुन्छ त्यस्तै दाहिने फोक्सोमा छिर्ने श्वास नली छोटो, ठाडो र फराकिलो हुन्छ । फोक्सोका पनि खण्डहरू हुन्छन् । दाहिनेमा ३ वटा खण्ड हुन्छ भने देब्रेमा २ वटा खण्ड हुन्छ ।

न्युमोनियाले गर्दा फोक्सोको कुनै खण्ड -ीयदभ) को कुनै भागमा मात्र खराबी हुन सक्छ, कुनै एक खण्ड पूरै र एक वा बढी खण्ड पनि खराब हुन सक्छ जसलाई ९ीयदबच उलभumयलष्ब० लोबार न्युमोनिया भनिन्छ । फोक्सोका कुनै खण्डको सँगसँगै श्वास नलीका भागहरू ९द्यचयलअजष् र द्यचयलअजष्यभिक० पनि सङ्क्रमित भएमा ब्रोङ्को न्युमोनिया -द्यचयलअजय उलभumयलष्ब० भनिन्छ ।

अझ विशेष गरेर अचेत बिरामी तथा बच्चाहरूमा पेटको खानेकुरा सर्किएर श्वास नली हुँदै फोक्सोसम्म पुग्दछ । पेटको खाने कुरा सँगै ग्यास्टि्रक एसिड पनि फोक्सोमा पुग्ने हुँदा फोक्सोको कोषहरूमा क्षति पुग्न गई खतरनाक किसिमको न्युमोनिया हुन सक्दछ । जसलाई एस्पिरेसन न्युमोनिया ९ब्कउष्चबतष्यल उलभumयलष्ब) भनिन्छ । त्यसैले वान्ता गर्दा सर्किन सक्ने, खानेकुरा खाँदा बोलेमा सर्किन सक्ने भएकोले होशियार हुनु जरूरी छ ।

लक्षणहरू

बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र न्युमोनिया गराउने जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन् । व्याक्टेरियाले गर्ने न्युमोनियामध्ये पनि क्तचभउतय अयअअगक प्रजाति अति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल इन्फेक्सन भइसकेको व्यक्तिलाई बढी सताउने गर्दछ । यसको इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ । कहिलेकाँही ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ । केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ । केही दिनपछि खकार -पहेलो) आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ । सँगगँगै बिरामीको शरीरभरि डाबर आउन थाल्छ । बिरामीले छिटो-छिटो र छोटो छोटो सास फेर्न थाल्छ ।

फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले सास फेर्दा फोक्सो सङ्क्रमित भएको पट्ट िछाती फुल्दैन । यसरी फोक्सोले पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र त्यसलाई पूर्ति गर्न बिरामीले छोटो-छोटो र छिटो-छिटो सास लिनुपर्ने हुन्छ ।

उपचार

बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ । केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ । अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ । सास फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ भने बिरामीले मास्क लगाउन जरूरी छ । त्यस्तै मुख र छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ, ज्वरो र छातीको दुखाइका लागि औषधि लिनुपर्दछ ।

समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा माथि उल्लेख गरिएका लक्षणहरू देखिने वित्तिकै अस्पताल जानु बुद्धिमानी हुन्छ ।

सुशील रिजाल 'अभिनव' - काठमाडौँ युनिभर्सिटि मेडिकल स्कुल
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar