Headlines News :
Home » » आखिर सरकारले काम गर्न चाहे त सकिदों रहेछ नि

आखिर सरकारले काम गर्न चाहे त सकिदों रहेछ नि

###
काठमाडौ । अठारौं शिखर सम्मेलन नजिकिदैं गर्दा राजधानी काठमाडौंका मूख्य सडकहरुको मुहार फेरिदो छ । मुुख्य सडकहरुको मर्मत सम्भार, वृक्षारोपणदेखि लिएर मुख्य सडक किनाराका घरहरु समेत सरकारी सहयोगमा रङ्गरोगन गरिएको छ । सार्क शिखर सम्मेलनको अवसर पारेर भएपनि सरकारले राजधानीलाई सिंगार्ने जुन प्रयास गरेको छ यसले आखिर काम गर्न चाहे त सकिदों रहेछ नि भन्ने सन्देश पनि दिएको दिएको छ । काठमाडौंको पानीपोखरीमा रहेको आफ्नो घर सार्क सम्मेलनको अवसर पारेर सरकारले रङ्गरोगन गरिदिएकोमा खुशी व्यक्तगर्दै घरमालिक राजेश खत्री सरकारको यो प्रयासवाट आफु धेरै सन्तुष्ट भएको र आफुहरुले चाहे अनुसारको रङ्ग प्रयोग गरिदिएकोले आफ्नो कुनै गुनासो नभएको वताउनुहुन्छ । सरकारले मुख्य गरी सार्क देशहरुका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले प्रयोग गर्ने सडकहरु नयावानेश्वर, सिहंदरवार, त्रिपुरेश्वर, दरवारमार्ग, लैनचौर, लाजिम्पाट लगाएतका सडकहरुको विशेष किसिमले र्ममत गर्न लागेको छ । सकभर कार्तिक महिनाभित्रै कार्य सक्ने योजना रहेको छ । लाजिम्पाट देखि महाराजगञ्जसम्म रङ्गरोगनको ठेक्का लिएका ठेकदार नन्दकुमार प्रधान रङ्गरोगनको कार्य सरकारले दिएकै समयभित्रै सम्पन्न हुने वताउनुहुन्छ । रङ्गरोगनको कार्यमा सडक किनाराका घरमालिकहरुको राम्रो सहयोग आफुहरुले पाएको र उहांहरुले भने अनुसार कै रङ्ग प्रयोग गरिदिएकाले आफुहरुलाई काम गर्न सहज भएको ठेकेदार प्रधानको अनुभव छ ।
रङ्गरोगनको कार्य करिब ६५ प्रतिशत सकिएको र वृक्षारोपणको कार्यचाहिं जम्मा २० प्रतिशत मात्र भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त भाईकाजी तिवारी वताउनुहुन्छ । आफुहरुले प्रस्ताव गरेअनुसार सरकारी निकायहरुवाट सहयोग प्राप्त गरे आजको दश दिनभित्र रङ्गरोगन तथा मर्मतको कार्य पुरा हुने उहाँले बताउनुभयो ।
सार्क सम्मेलनको अवसर पारेर सम्मेलन स्थललाई विदेशी पाहुनाहरुको नजरमा हेर्नलायक बनाउनका लागि ढिलैभएपनि राजधानीलाई सिगार्ने अभियानमा सरकारी संयन्त्रहरु लागिपरेका छन् । सदा धुँवा, धुलो र अस्तव्यस्ताको उपमा पाएको राजधानीे यतिखेर भने नया वेहुली झै सिंगारिदै छ । आखिर सरकारले चाहे गर्न सकिदो पनि रहेछ भन्ने सन्देश मिलेको छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar