### |
पूर्ण आकाश
पंक्तिकारले यस आलेखको शीर्षक उट्पट्याङ खालको राखेकोमा अचम्म लाग्यो होला। साधारणतया कुनै आलेख या विज्ञापनप्रति पाठकको ध्यान आकर्षित गर्न यस्तो अनौठो शीर्षक राखिएको हुन्छ। तर यहाँ यस्तो उद्देश्य राखिएको छैन। बरु हाम्रो आजको चेतना र मनस्थितिलाई यो शीर्षकले ठ्याक्कै प्रतिबिम्बित गर्छ भन्ने चाहिँ हो।
आजभन्दा करिब २५ सय वर्षपहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतमबुद्घ आज विश्वभर शान्ति, ध्यान र करुणाका प्रतीक बनेका छन् र हरेक वर्ष लाखौं शिक्षित, चेतनशील र संवेदनशील व्यक्तिहरू यिनले देखाएको बाटो हिँड्न प्रेरित भइरहेका छन्। समग्र विश्वले आज आफ्नो तनाव, चिन्ता, अशान्ति, नैराश्य र खालीपनको समाधान यिनै एसियाका ज्योति (लाइट अफ एसिया) का सूत्रहरूमा खोजिरहेको छ।
हलिउडका फिल्मी कलाकार, फच्र्युन पाँच सय कम्पनीका सीईओ, प्राध्यापक, पत्रकार र राजनीतिक नेताहरूलाई कुनै चुम्बकले फलामलाई तानेझैँ आज बुद्घका ध्यान पद्घतिले तानिरहेका छन्। बुद्घ जन्मस्थल लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ र हरेक वर्ष चार लाख पर्यटकले यहाँ आएर अभूतपूर्व शान्तिको अनुभव गर्दै प्रेम र करुणाको उच्चतम मूल्यमा प्रतिबद्वित हुने अवसर प्राप्त गरेका छन्।
असली प्रश्न के हो भने बुद्घभूमि नेपालका नागरिक हामीले चाहिँ बुद्घको कुरा सुन्यौं कि सुनेनौं? के पच्चीस सय वर्षको लामो अनुभवपछि हामी बुद्घलाई हृदयंगम गर्न आज तयार छौं त? हाम्रो जीवनशैली, शिक्षा, संस्कार र राजनीतिक सोचलाई हेर्दा कतै पनि बुद्घभूमिको झल्कोसम्म पनि पाउन सकिन्न। भगवान् बुद्घ यौवनावस्थामै आफ्नो दरबारीया सुख-सयल र मोज-मस्ती छोडेर जीवनको उच्चतम मूल्यको खोजीमा लाग्नुभयो।
जन्मको तीन दशक पनि नबित्दै भौतिक सुख-सुविधाले मात्र मन भरिने रहेनछ भन्ने बोध गरी जंगलका कन्दरामा गई जीवनको परम सत्यको खोजी गर्न थाल्नुभयो। आजको हाम्रो स्थिति हेर्ने हो भने साधारण व्यक्तिको सोचाइको त के कुरा विद्वान्हरूले पनि भौतिक सुख-सुविधाभन्दा माथिको यथार्थतिर नजर लगाउन सकेको भेट्न गाह्रो छ।
हाम्रा राजनीतिक दलहरूका घोषणा-पत्र र नीति नियाल्ने हो भने भएको व्यवस्थामा साधारण फेरबदल ल्याएर देशमा आर्थिक समृद्घि ल्याउने प्रतिज्ञासम्ममा सीमित छन्, व्यक्तिको आत्यन्तिक र सर्वोपरि आवश्यकता भनेको भौतिक सम्पन्नता मात्र हो भन्ने बुझेका छन् र त्यही नै फलाक्छन्।
प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षाको पाठ्यक्रम हेर्ने हो भने ससाना लाला-बालादेखि लिएर विद्यावारिधिका विद्यार्थीसम्मलाई जीवनको अन्तिम र एक मात्र आवश्यकता भनेको भौतिक सुख र आर्थिक सम्पन्नता हो भन्ने पाठ रटाउनुमा सीमित छन्। भौतिक सुख-सुविधा प्राप्त गर्दैमा मानिसको सम्पूर्ण आवश्यकताको पूर्ति भने हुँदैन भन्ने मनोविज्ञानसम्मले छर्लंग बुझेको तथ्यलाई सर्लक्क बेवास्ता गरिएको छ।
आर्थिक समृद्धिभन्दा अगाडि पनि यात्रा धेरै छ भन्ने महान् राजनेता र पथप्रदर्शकहरूको मन-मस्तिष्कमा त आउन सकेन भने अरू साधारण जनताको त के कुरा?
कुरो नबंग्याइ भन्ने हो भने आज विकासको अन्तिम उद्देश्य २९ वर्षको उमेरमा सिद्घार्थ गौतमले वन प्रस्थान गर्नुअघिको अवस्था हासिल गर्नुसम्ममा सीमित छ। सिद्घार्थ गौतमको बुद्घ बन्ने प्रक्रिया र बनिसकेको अवस्थातिर न हाम्रो ध्यान छ, न फुर्सद नै। जब सामूहिक चेतना र शिक्षा नै भौतिक देहको आवश्यकताको परिपूर्ति गर्नमा मात्र सीमित रहन्छ भने त्यो समाजमा तनाव, हत्या, हिंसा, वैमनस्य, पछौटेपन र दिशाहीनताले जरो गाड्नु स्वाभाविकै मान्नुपर्छ।
पूर्वीय अध्यात्म र पाश्चात्य मनोविज्ञान दुवैले गहन अध्ययनपश्चात् उपयुक्त राजनीतिक वातावरण र भौतिक सम्पन्नता जीवन विकासको आधारभूत जग र एउटा खुड्किलो मात्र हो भनिरहेका छन् भने हामी हाम्रो चिन्तन र व्यवहारमा यति विधि संकुचित र अदूरदर्शी कसरी भयौं होला?
मलाई लाग्छ, 'बुद्घ वाज बर्न इन नेपाल' भनेर लेखेको टि-सर्ट लगाउँदैमा या घाँटी सुक्ने गरी सामाजिक सञ्जालमा कराउँदैमा बुद्घ नेपालमा जन्मिएको साबित हुँदैन। कानुनी र भौतिक रूपमा बुद्घ नेपालमा जन्मिएको तथ्य सारा संसारलाई थाहा छ र युनेस्कोलगायतले प्रमाणित गरिसकेका छन्।
कानुनी प्रमाणको महत्त्व आफ्नो ठाउँमा छ, तर के हामी नेपालीलाई हेर्दा, यहाँको शिक्षा प्रणाली र जीवन-शैलीलाई अध्ययन गर्दा बुद्घजस्तो परम व्यक्ति यहीं जन्मिएको हो प्रमाण भेटिएला? निकै गाह्रो छ। वास्तवमा धर्म कागज या कानुनमा हैन, व्यक्तिको हृदय, मन, सोच र जीवनमा झल्किनुपर्छ।
धर्मको परिचय व्यवहारमा भेटिन्छ, न कि किताबका ठूला-ठूला ठेलीमा। भगवान् बुद्घलगायत चेतनाका परम वैज्ञानिक हाम्रा पूर्वीय ऋषि-मनीषीहरूले समग्र मनुष्यको हित गर्ने प्रेम, शान्ति, सह-अस्तित्व, समृद्घि र भाइचाराको पाठ मात्र सिकाएनन्, त्यसको भरणपोषण र जगेर्ना गर्ने उपयुक्त धर्म र संस्कृतिको पनि विकास गरेर मूल पुँजीको रूपमा हामीलाई दिएर गए। आज सारा विश्वले यिनै अमूल्य निधिहरूको फाइदा उठाइरहेको छ।
भगवान् बुद्घको जन्मथलो हो हाम्रो देश पनि भन्ने र बुद्घहरूले दिएको ज्ञानलाई पूरै छोडेर बुद्घु बन्नतिर लाग्ने दोधारे प्रवृत्तिबाट हामी अझ तल खस्दै जाने हो। यहाँको राज्य-व्यवस्था, शिक्षा र संस्कृतिलाई धर्म-केन्द्रित बनाउन नसक्नु आजको सबैभन्दा ठूलो र एेतिहासिक अपराध हुने निश्चित छ।
हामी भने आजै प्रयोग गर्न सकिने र हाम्रो व्यक्तिगत जीवन, समाज एवं राष्ट्रलाई सर्लक्क रूपान्तरण गर्न सक्ने यी आफ्ना परम सम्पदालाई चटक्क छोडेर युरोप तथा पश्चिमेली मुलुकहरूले डेढ-दुई सय वर्षअघि गरेको गल्तीतिर लाजै नमानी लम्किइरहेका छौं र त्यसैलाई नै महान् सिद्घान्त मानेर अन्धाधुन्ध अनुकरण गर्नमा समय र श्रम खेर फाल्दैछौं।
प्रत्येक राज्यको कर्तव्य हो आफ्ना नागरिकलाई जीवनको उच्चतम बिन्दुतिर अगाडि बढ्ने उपयुक्त वातावरण प्रदान गर्नु र आवश्यक कानुनी, सांस्कृतिक एवं भौतिक संरचना तयार गरिदिनु। जीवन विकासका तीनवटा चरण हुन्छन् : पहिलो-विज्ञानमा आधारित भौतिक सुख-सुविधायुक्त जीवन, दोस्रो- कला, संगीत, साहित्यरूपी, शृंगारले भरिएको जीवन र तेस्रो-सेवा, आध्यात्मिक दर्शन र ध्यानयुक्त जीवन।
राज्यले आफ्ना सम्पूर्ण प्रयास केवल पहिलो या दोस्रो चरणको लागि सीमित गर्नु भनेको आफ्ना नागरिकलाई भ्रमित पार्नु र विकासका सम्भावना बन्द गरिदिनु हो। धर्म र अध्यात्मको अभावमा पदार्थलाई निचोरेर केही पनि हात लाग्दैन।
पढेलेखेका बुज्रुकहरू प्नि तर्क गर्छन् कि आर्थिक सम्पन्नता हासिल गर्न सकेमा आध्यात्मिक उन्नति व्यक्तिले आफैं गर्छ। तर यसो भन्नु आफ्ना मान्छेहरूलाई जीवनको उच्चतम सम्भावनाबाट बञ्चित गर्र्दै तनाव पीडा, अशान्ति र कलहको खाल्डोमा डुबाइराख्नु हो र अर्को गृहयुद्घको वीजारोपण पनि गर्नु हो। विगत केही दशकको अनुभवबाट हामीले यो पाठ सिकेको हुनुपर्छ।
अब हामीले कि त साहस गरेर भगवान् बुद्घजस्ता एेतिहासिक अग्रजहरूले हामीलाई गलत पाठ सिकाए या आफैं मूर्ख थिए भन्न सक्नुपर्छ कि त यी मनुष्यमा सर्वश्रेष्ठले दिएको पाठलाई अविलम्ब आत्मसात गर्नुपर्छ। भगवान् बुद्घको जन्मथलो हो हाम्रो देश पनि भन्ने र बुद्घहरूले दिएको ज्ञानलाई पूरै छोडेर बुद्घु बन्नतिर लाग्ने दोधारे प्रवृत्तिबाट हामी अझ तल खस्दै जाने हो।
यहाँको राज्य-व्यवस्था, शिक्षा र संस्कृतिलाई धर्म-केन्द्रित बनाउन नसक्नु आजको सबैभन्दा ठूलो र एेतिहासिक अपराध हुने निश्चित छ। शान्ति, प्रेम, करुणा र मैत्री जस्ता उच्चतम मूल्यहरूलाई नजरअन्दाज गरेर अब समाज अघि बढ्न सक्दैन। बुद्घ जन्मभूमिलाई अब बुद्घ व्यवहारभूमि या बुद्घ कर्मभूमि बनाउने चुनौती र अवसर आज हाम्रोसामु छ।
बुद्घिमान, चेतनशील एवं विवेकशील व्यक्तिले कसैको करकाप, छलछाम या लोभलालचमा नपरी आफ्नो तथा सन्ततिको सर्वोच्च हितलाई ध्यानमा राखी अगाडिको बाटो रोज्नुपर्छ। भगवान् बुद्घ मूर्ख थिए या बुद्घ यहाँ नजन्मिनुपर्ने भन्ने सोच, संस्कार र षड्यन्त्रपूर्ण विचारबाट बचौं, यसैमा हाम्रो सर्वांगीण भलाइ छ।

## |
0 comments:
...