### |
कसिलो गरी निकै उचाइमा टाँगिएको डोरीमा टेकेर शिकागोका गगनचुम्बी महल पार गर्ने निक वालेन्डाले एकसाथ दुइवटा विश्वरेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् ।
साहसिक टाइटरोप वाकर वालेन्डाले गगनचुम्बी महल जोड्ने डोरीमा हिँडेको दृश्य डिस्कभरी च्यानलले लाइभ प्रशारण गरिरहँदा हेर्ने दर्शकको मुटु ढुक्क फुलेको थियो ।
उनले सबैभन्दा उचाइमा बाँधिएको डोरीमा हिँडेर विश्वरेकर्ड कायम मात्र गरेनन् आँखामा पटि्ट बाँधेर डोरीमा हिँड्दै समेत किर्तिमान कायम गरे ।
३५ वर्षीय वालेन्डाले विश्वरेकर्ड कायम गर्न चर्चित मेरिन सिटीको पश्चिमी टावर तथा लियो बुर्नेट भवनबीचमा टाँगिएको डोरीमा हिँडेका थिए, जुन १५ डिग्रीको कोणमा बाँधिएको थियो । दुइ गगनचुम्बी भवनका ५० तलाजति माथि १५२ मिटर उचाइमा बाँधिएको डोरी शिकागो नदी माथिबाट पार भएको थियो ।
सुरुमा डोरीमा टेकेर माथि पार गर्न उनलाई ६ मिनेट ५२ सेकेण्ड लाग्यो । त्यसपछि उनी निकै तिब्र वेगमा तल ओर्लिए ।
ऋर्को रेकर्ड कायम गर्ने सिलसिलामा वालिन्डाले मेरिना सिटी टावर र इस्ट टावरबीच ९४ फिटको उचाइमा टाँगिएको डोरीमा आँखा चिम्लिएर पार गरे । यो डोरी पार गर्न उनलाई १ मिनेट १७ सेकेण्ड लाग्यो ।
उनले यसअघि नायगरा फल्सलाई समेत डोरीमा हिँडेर पार गरेका थिए भने ग्राण्ड क्यानोन पार गर्ने पहिलो व्यक्ति समेत बनेका थिए ।
भिडियो

## |
0 comments:
...