### |
ताप्लेजुङ, कार्तिक १६ । तेह्रथुममा एक व्यक्तिले श्रीमतीको हत्या गरेर नाबालक छोरा सहित प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । म्याङलुङ नगरपालिका ५ मा श्रीमतीको हत्या गरी डेढ बर्षको छोरा साथमा लिई एक पुरुष प्रहरीमा हाजिर हुन गएका हुन ।
ताप्लेजुङको फुङलिङ ७ स्थाई घर भई तेह्रथुमको म्याङलुङ नगरपालिका ५ बस्दै आएका ४५ वर्षका दलबहादुर बिश्वकर्माले ४० वर्षकी श्रीमती बिमला सार्र्कीको हत्या गरी प्रहरी चौकी पुगेर हत्या स्वीकार गरेका छन् ।
उनले गत शुक्रबार राती श्रीमतीको हत्या गरेको बताएका छन् । हत्यामा प्रयोग भएको हसियासहित प्रहरीकोमा पुगेका दल बहादुरले श्रीमतीको शवलाई भान्छा कोठामा साडीले छोपेर राखेको छु भनेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले शव फेला पारेपछि दलबहादुरलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

## |
0 comments:
...