### |
घटनाले धार्मिक द्वन्द्वको विजारोपरण गर्यो
काठमाडौं, कात्तिक १५– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री बामदेब गौतमले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । उनले गौतमलाई ‘साँढे’ को संज्ञा दिँदै साँढेजस्तो गृहमन्त्रीलाई प्रधानमन्त्रीले तह लगाउनु पर्ने भन्दै प्रधानमन्त्रीले तह नलगाए आफूहरुले नै तह लगाउने बताए । शनिबार अपरान्ह राजधानीको रत्नपार्कस्थित शान्तीबाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने– गृहमन्त्री जसरी अपमानजनक ढंगले संसदमा प्रस्तुत भए यसले सम्पूर्ण हिन्दु धर्मवालम्बीको अपमान भएको छ, यस्ता साँढेजस्ता गृहमन्त्रीलाई तह लगाउन सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्दछौं, प्रधानमन्त्रीले तह नलगाए हामी आफैं तह लगाउँछौ ।
उनले गृहमन्त्री गौतम कस्ता मान्छे हुन् भन्ने आफूलाई मात्रै नभएर सम्पूर्ण नेपाली जनतालाई थाहा भएको भन्दै उनले जसरी संसदमा हिन्दु धर्मविरुद्धको अभिव्यक्ति दिए त्यो दुःखद भएको बताए । थापाले गृहमन्त्रीले भगवान शिवलाई आतंकको रुपमा प्रस्तुत गर्न खाजेर अपमान गरेको आरोप लगाए । उनले प्रश्न गरे, भगवान भनेको खिल्ली उडाउने विषय हो ? उनले यो घटनाले धार्मिक युद्धको विजारोपण गरेको बताए । यस घटनालाई आगोको झिल्को भएको बताउँदै यसलाई समयमा नै ननिभाए यसले क्रान्तिको रुप लिने चेतावनी समेत दिए । यद्यपि उनले धार्मिक द्वन्द्व नचाहेको स्पष्ट पारे । प्रहरीमा ब्रिफकेस काण्डदेखि विभिन्न काण्ड मच्चाउने गौतम नै भएको भन्दै थापाले उनले आफ्नो बेली नसच्याए भोलिको संसद बैठक पनि अबरुद्ध पार्ने चेतावनी दिए ।
उनले हिन्दु राष्ट्रको माग राख्दै शान्तीपूर्ण धर्नामा बसेका धर्म गुरुहरुलाई गिरफ्तार गरेर सरकारले ठूलो अपराध गरेको भन्दै सरकारले तोकतन्त्रकै खिल्ली उडाएको टिप्पणी गरे । हिन्दु राज्यको माग राखेर काठमाडौको शान्ति बाटीकामा अनसन बस्दै आएकालाई प्रहरी दमन गरी हटाएको भन्दै आक्रोशित राप्रपा नेपाल गृहमन्त्रीले संसदमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै थप रुष्ट बनेको हो । हिजो संसदमा हंगामा गरेको उसले बेलुका गृहमन्त्रीविरुद्ध मुलुकभर पुत्ला दहन गरेको थियो ।

## |
0 comments:
...