Headlines News :
Home » » धर्म परिवर्तन गराउन क्रिश्चियनहरुका अनेकन् ‘ट्रिक्स’

धर्म परिवर्तन गराउन क्रिश्चियनहरुका अनेकन् ‘ट्रिक्स’

###
‘डलर’को प्रलोभन देखाउँदै गरीबको हात–हातमा बाइबल
चितवन, भदौ २३–चितवन जिल्लाका हरेक डाँडाडाडामा चर्चहरु निमार्ण हुन थालेका छन् । रोगीहरुलाई येशुका नाममा औषधी दिएर होस् या रोग निको बनाईदिने भन्दै प्रार्थना गर्न लगाएर होस् अनेकौं बहानामा बिपन्न समुदायको ठूलो संख्यालाइ आफ्नो नियन्त्रणमा लिदै पहाडी गाबिसका हरेक डाडाडाडामा ईसायीहरुले चर्च निर्माणलाई तिब्रता दिएका हुन् ।

 चितवनको भरतपुरमा २०३५ सालमा आएको इसाई मिसनरीहरुको एक समूहले आफनो सञ्जाल बिस्तार गर्ने क्रममा जिल्लाभरीनै प्रभाव पारेको जनाकारहरु बताउँछन् । जानकारहरुका अनुसार २०३६ सालमा टाडीमा टाडी चर्चको नाममा पहिलो चर्च स्थापना गरिएको थियो जसको नाम हाल बेब्रोन चर्च रहेकोे छ । जसको पहिलो अनुयाई सुमित्रा खड्का भएको बुझिएको छ । त्यसपछि भरतपुरमा ३८ सालमा ३२ चर्चको नामबाट अर्को चर्च निमार्ण भएको पाईएको छ । स्थानीयलाई अनेकौं प्रलोभन दिएर आफनो सञ्जाल निकै चाडो बिस्तार गरिरहेको जानकारहरु बताउछन् । गरिवका घरघरमा पुग्दै बालबच्चा पढाइदिने, विदेश पठाइदिने , आर्थीक सहयोग गर्ने जस्ता प्रलोभन देखाएर नेपालीहरुलाई इसाई बन्न प्रेरति उनिहरुले गरीरहेका छन् । केहि सुकिला मुकिलाहरुलाई पैसाको खोलो बगाएर पास्टर बनाएर उनिहरुलाई नै प्रयोग गरी धर्मको बिस्तारमा ईसाईहरु लागेका राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि प्रसाद मिल्सेनाले बताए । नेपालका नेताहरु पश्चिमा मुलुकको हरीयो डलरको प्रलोभनमा परेकाले यो समस्याले बिकराल रुप लिएको उनको भनाई छ ।

यसाई धमावलम्बीहरु ज्ञान गुनका कुरा सिकाउने भन्दै हरेकको घरघरमा बाईवल बोकेर धाईरहेका छन् । प्राय गरि चितवनको समथर भेगमा भन्दा पनि पहाडी गाबिसका बिपन्न बस्तिहरुमा उनिहरुले निकै चाडो आफनो सञ्जाल बिस्तार गरेको सामाजिक कार्यक्रताहरु बताउछन् । हिन्दु धर्म लाई गालि गर्न निकै सिपालु उनिहरुले आफनो र्धमलाई रोग निको बनाउने औषधि, धनि बनाउने मन्त्र र सुखि र खुसि बनाउने साधन भन्दै यसुको प्रार्थना गर्न लगाउने गरेको सिद्धिका एक अगुवा चेपागंले बताए ।

 उनका अनुसार सहजै मान्न तयार हुनेलाई सम्झाउने र मान्न तयार नहुने लाई आर्थीक प्रलोभनमा पारेर धर्म परीर्वतन गराईरहेका छन् । ईसायीहरुले नेपालको पहिचान, धर्म, संस्कृतिमाथि धर्मका नाममा षड्यन्त्रपूर्वक आक्रमण गरिरहेको मिल्सेनाले आरोप लगाए । ३५ सालसम्म एकवटा पनि चर्च नभएको जिल्लमा ७१ सम्म आईपुग्दा ४०० को हाराहारीमा पुगेको छ भने ३० हजार भन्दा बिढ अनुयायी रहेको चितवन ईसायी समुदायले जनाएको छ । भरतपुरमा क्षेत्रमा पनि टोल टोलमा चर्च छन् । ३२ चर्च ,नबजिवन चर्च, लगायतका अनेक थरी नाम राखेर उनिहरुले आफनो सञ्जाल बिस्तार गरीरहेका छन् । मिसनरीहरुमा खासगरी युनाइटेड मिसन टू नेपाल पाच दशकदेखि नेपालमा छ । करीब १६ देशका ४० वटाजति संस्था मिलेर बनेको यूएमएनले नेपाल सरकारसंग धर्मप्रचारमा संलग्न नरही सेवा मात्रै उपलब्ध गराउने लिखित बचनबद्धता अनुरुप नेपालमा प्रबेश पाएको हो । तर अहिले नेपालीलाईनै ईसाई बनाउने योजनामा मिसन टू नेपाल क्रियासिल छ । यसले नेपालको अस्तीत्वमा ठुलो खतरा आई पर्ने चैतन्य कृष्ण जी महाराजले बताए । उनका अनुसार ईसाईहरु हिमाली मेगमा गुम्बा सुधारका नाममा क्रियासिल छन् भने पहाडी र तराई बिरामीको रोग निको बनाउने भन्दै बाईवल बाड्दै धर्म परीर्वतन गराउने ध्याउनमा ब्यस्त छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar