Headlines News :
Home » » डिभिजन तीनको उपाधि नेपालले जित्‍यो

डिभिजन तीनको उपाधि नेपालले जित्‍यो

###
काठमाडौ: मलेसियामा जारी आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन तीनको फाइनल खेल नेपालले जितेको छ। क्वालालम्‍पुरस्थित किनरारा खेल मैदानमा बिहीबार भएको खेलमा  युगान्डालाई  ६२ रनले पराजित  गर्दै नेपालले दोस्रो पटक डिभिजन तीनको उपाधि उचालेको हो ।

नेपालले दिएको २ सय २४ रनको विजय लक्ष्‍य पछ्याएको युगान्‍डा यो पटक पनि अभागी साबित भयो। गत वर्ष पनि डिभिजन तीनको फाइनल खेलमै  नेपालसँगै पराजित युगान्‍डाले सोही नियति यो पटक पनि बेहोर्नु पर्‍यो। नेपालले भने यही प्रतियोगिताको पहिलो खेलमा हारको बदला लिदै युगान्‍डालाई हराएर दोस्रो पटक उपाधि उचाल्‍यो।

नेपालले दिएको २ सय २४ रनको लक्ष्‍य पछ्‍याएको युगान्‍डा ४४. १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रनमा समेटियो। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar