Headlines News :
Home » » प्रधानमन्त्रीको बैंक खाता छैन, हातैमा तलब

प्रधानमन्त्रीको बैंक खाता छैन, हातैमा तलब

###
प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन ।  नयाँ पत्रिका दैनिक लेख्छ आग्रह गर्दा पनि उनले खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हातमै तलब दिने गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंकखातामा पठाउने गरेको छ । तर, प्रधानमन्त्री कोइराला र उनका स्वकीय सचिवालयका कर्मचारीको बैंकखाता नआएपछि हातमै तलब दिने गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
बैंकखाता नभएपछि व्यवस्थित रुपमा तलब पठाउन समस्या हुने कार्यालयका एक अधिकारीले बताए ।
ती अधिकारीले भने,-‘प्रधानमन्त्रीसहित स्वकीय सचिवालयका सबै कर्मचारीको खाता भए सीधै बैंकमा तलब पठाउन सकिन्थ्यो । खाता नखोलेपछि सबैको नाममा छुट्टाछुट्टै चेक काटेर दिने गरिएको छ ।’ हाल प्रधानमन्त्री कोइराला र स्वकीय सचिवालयका सबै कर्मचारीको तलबको छुट्टाछुट्टै चेक उनका प्रमुख स्वकीय सचिव वसन्त गौतमले बुझेर सबैलाई दिने गरेका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar