Headlines News :
Home » , » घाँस दाउरा गरेर हुर्केकी जमुना अष्ट्रेलियाकी आठौं धनी महिला

घाँस दाउरा गरेर हुर्केकी जमुना अष्ट्रेलियाकी आठौं धनी महिला

###
भन्छिन्- बिहान पानी बोकेर, घाँस दाउरा गरेर स्कूल जान्थेँ
२४ फागुन, काठमाण्डौ । महिलाहरु पुरुषभन्दा कुनै क्षेत्रमा कम छैनन् भन्ने दृष्टान्त पेश गर्दै नेपाली चेली जमुना गुरुङ अष्ट्रेलियाका आठौं धनी महिलाको सूचीमा पर्न सफल भएकी छिन् ।
अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बीआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा गुरुङ आठौं नम्बरमा राखेको छ । गुरुङ अष्ट्रेलियामा व्यवसाय गर्दै आइरहेकी छिन् ।
नेपालको लम्जुङमा जन्मिएकी गुरुङ गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका पति शेष घलेसँगै उच्च शिक्षाका लागि सन् १९९१ मा अष्ट्रेलिया पुगेका थिइन् । श्रीमानसँगको साझेदारीमा एमआईटी कलेजको स्थापनासँगै उनीहरुको सम्वृद्धि यात्रा अघि बढेको हो ।
‘अन्य आम नेपाली महिलाहरुजस्तै म पनि गाउँमा घाँस दाउरा गर्दै हुर्किएकी हुँ’ आफ्नो बाल्यकालबारे सम्झँदै गुरुङले भनिन्- बिहान पानी बोकेर, घाँस दाउरा गरेर स्कूल जान्थेँ ।’
आफ्ना अभिभावकले शिक्षाको महत्व बुझेर पढाएका कारण अघि बढ्न सहज भएको उनी बताउँछिन् ।
अष्ट्रेलियन म्यागेजिनका अनुसार यो बर्ष जमुनाको सम्पत्ति २६ करोड ४० लाख अष्ट्रेलियन डलर (झण्डै २० अर्ब रुपैयाँ) पुगेको छ । अघिल्लो बर्ष गुरुङ  १० करोड अष्ट्रेलियन डलरसहित यो सूचीको एघारौं नम्बरमा थिइन् ।
 एक बर्षको अवधिमा गुरुङले अष्ट्रेलियाका धनी महिलामध्ये सबैभन्दा धेरै प्रगति हासिल गरेकी छिन् । गत वर्षभन्दा तीन स्थान माथि उक्लिँदै उनले झण्डै १६ करोड अष्ट्रेलियन डलर सम्पत्ति थप गरेकी छिन् ।
यो वर्ष सबैभन्दा धेरै कमाउने महिलाहरुको सूचीमा उनी एक नम्बरमा छिन् ।
आफ्ना पति शेष घलेसँगको साझेदारीमा उनले मेलवर्नमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज सञ्चालन गरिरहेकी छिन् । उनको सम्पत्तिको महत्वपूर्ण यही कलेजको आम्दानी रहेको बीआरडब्लुले जनाएको छ ।
पत्रिकाका अनुसार गत वर्ष कलेजको आम्दानी झण्डै ६० प्रतिशतले बढेको छ । जमुना अष्ट्रेलियाका २०० धनीहरुको सूचीमा सन् २०१४ मा १५१ औं स्थानमा थिइन् ।
एमआईटी ग्रुप होल्डिङ्स मार्फत् रियलस्टेट कारोबारमासमेत संलग्न यो जोडीले मेलवर्न र सिड्नीका महत्वपूर्ण स्थानका पुरातात्विक महत्वका भवनको स्वामित्व लिएको छ ।
एमआईटी ग्रुप होल्डिङ्स मार्फत् काठमाण्डौमा निर्माण सुरु भएको ‘शेराटन काठमाण्डौं होटल’की मुख्य साझेदार पनि गुरुङ नै हुन् ।  उनीहरुले मेलवर्नमा पनि करिव ८० तले कम्प्लेसक्स र होटल बनाउने तयारी गरिरहेका छन् ।
एमअाइटी ग्रुप फाउन्डेसनमार्फत एक अर्ब रूपैयाँको परोपकारी कोष घोषणा गर्दै घले दम्पत्ति
एमअाइटी ग्रुप फाउन्डेसनमार्फत एक अर्ब रूपैयाँको परोपकारी कोष घोषणा गर्दै घले दम्पत्ति
नेपालमा स्वास्थ्य र शिक्षामा परोपकारी काम गर्ने लक्ष्यसहित हालै घले दम्पत्तिले नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा गरेका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar