Headlines News :
Home » » पुलिस कुट्ने कार्यकर्ता छोड्न एमाले नेताको दबाब

पुलिस कुट्ने कार्यकर्ता छोड्न एमाले नेताको दबाब

###
फोटो :एमाले कार्यकर्ताको कुटपिटबाट टाउको फुटेका प्रहरी भीमबहादुर राना
पोखरा : ड्यूटीमा रहेका प्रहरी कुटेको अभियोगमा पक्राउ परेका युवा संघका नेता छोड्न एमाले नेताहरुले प्रहरीलाई चर्को दबाब दिएका छन ।

पर्यटकीय क्षेत्र लेकसाइस्थित ओजन डिस्कोमा झगडा भएपछि बुझ्न गएका प्रहरी जवान भीम बहादुर रानामाथि कुटपिट गर्ने युवा संघका नेतासहितलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

कुटपिटबाट रानाको टाउकोमा गम्भीर चोट लागेको छ । आक्रमणलगत्तै प्रहरीले ओजन डिस्कोका संचालक एवम् एमाले युवा संघ गण्डकीका उपाध्यक्ष शिव गुरुङ(महेन्द्र भोटे) सहित १२ जनालाई शुक्रबार राती पक्राउ गरेको थियो ।

‘उनीहरुलाई पक्राउ गरेपछि सरुवा गरिदिने धम्कीका भाषा प्रयोग गर्दै तत्काल छोड्न एमालेका नेताहरुले चर्को दबाब दिएका छन’ प्रहरी स्रोतले भन्यो ‘दबाब दिने क्रममा गृहमन्त्रीको समेत डर देखाएका छन ।’

प्रहरी स्रोतका अनुसार दबाब दिनेमा एमालेका बहालवाला मन्त्रीदेखि सभासद् र कास्कीका जिल्लास्तरीय नेताहरु छन् । युवा संघका केन्द्रिय पदाधिकारीले पक्राउ परेकाको बचाउ गरिरहेका छन् ।

उनीहरुले पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखहरुलाई कारबाही प्रक्रिया अघि नबढाई छोडिदिन दबाब दिईरहेका छन् ।

कसैको दबाबसामू आफु नझुक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए । ‘कानुन हातमा लिएर अपराधिक गतिविधि गर्ने जोसुकै भएपनि कारवाहीको दायरामा ल्याई छोड्छु’ उनले भने ‘कसैको दबाबसामू झुक्दिनँ ।’
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar