Headlines News :
Home » » विमानस्थल रातभर खुला, तीस उडान र अवतरण

विमानस्थल रातभर खुला, तीस उडान र अवतरण

###
दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पन्छाएपछि गए रातिदेखि सञ्चालन भएको विमानस्थलबाट आज बिहान ६ बजेसम्ममा ३० अन्तर्राष्ट्रिय उडान र अवतरण भएका छन् ।

विमानस्थल सञ्चालन हुनेबित्तिकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सबैभन्दा पहिले नयाँदिल्ली उडान गर्नाका साथै त्यहाँबाट करिब १५० यात्री बोकेर राजधानी फर्केको नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले जनाएको छ ।

सोही एयरलाइन्सको विमान मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरिसकेको तथा फर्केपछि अर्को गन्तव्यमा प्रस्थान गर्ने उक्त कार्यालयका ड्युटी अफिसर केशव भट्टराईले  जानकारी दिए ।
 “कतार एयरलाइन्सको एउटा, चाइना साउदर्नले तीन वटा, चाइना इस्टर्नले पाँच वटा, फ्लाई दुबईले दुई वटा र ओमान एयरको एउटा उडान भइसकेको छ”– उनले भने  । इत्तेहाद एयरलाइन्स प्राविधिक खराबीका कारण मध्यआकाशबाट विमानस्थलमै पुनः अवतरण भएको जानकारी दिँदै झन्डै पाँच हजार यात्रीको आगमन र प्रस्थान भएको उनले बताए  ।

गत बुधबार बिहान टर्किस एयरलाइन्सको विमान धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि चार दिनसम्म अवरुद्ध भएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सञ्चालन भएको हो । रासस
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar