### |
राष्ट्रिय मानव अधिकार आयोगले मञ्जु खतिवडा र बासु बजगाईँको नेतृत्वमा दिलशोभा प्रकरणबारे अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्राप्त निश्कर्षमा उनीमाथि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको बताइएको छ ।
दिलशोभाको कमजोरी
आयोगका एक अधिकारीले अनलाइनखरलाई दिएको जानकारीअनुसार दिलशोभाले बालगृह सञ्चालन गर्दा अपनाउनुपर्ने न्युनतम मापदण्ड भने पूरा नगरेको पाइएको छ ।
वालवालिका र वृद्धवृद्धालाई एकै ठाउँमा राख्नु कत्तिको उचित हुन्छ भन्ने प्रश्न समेत आयोगको रिपोर्टमा उठाइएको छ । यस विषयमा सरकारले उचित ध्यान दिनुपर्ने आयोगको रिपोर्टमा उल्लेख छ ।
साथै मिडियाले पनि यस्ता विषयमा समाचार सम्प्रेषण गर्दा मर्यादित हुनुपर्ने आयोगको निश्कर्ष छ ।
आयोगले आफ्नो पाँच पृष्ठको रिपोर्ट विहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम छ । यसअघि नेपाल प्रहरीको अनुसन्धानले पनि दिलशोभामाथि यौन दुराचारको आरोप पुष्टि नभएको निश्कर्ष निकालिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा श्रेष्ठ विरुद्ध यस्तो उजुरी परेपछि मानव अधिकार आयोग र प्रहरी प्रशासनले छुट्टा छुट्टै छानविन गरेका हुन् ।
राजधानीमा ‘आमा घर’ नामक वालगृह र वृद्धाश्रम सञ्चालन गर्दै आएकी दिलशोभा विरुद्ध उजुरी परेपछि सरकारले उनको आमा घरमा रहेका ३ दर्जन वालवालिका त्यहाँबाट अन्यत्र सारेको थियो ।
## |
0 comments:
...